Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

राजकुमारी भागेपछि दुबईका शासक बने दु:खी कवि

एजेन्सी । आफ्नी पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले आफूलाई छोडेर लण्डन गएपछि दुबईका शासक शेख मोहम्मद अल मकतुमले कविता लेखेर इन्स्टाग्राममा पोष्ट गरेका छन्।

संयुक्त अबर इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैमा अनौठो ठानिएको छ।

राजकुमारी हाया सेन्ट्रल लण्डनको कुनै भवनमा बसिरहेको बताइएको छ।

राजकुमारी हाया अक्सर घोडादौडमा भाग लिने गर्थिन्। तर यसवर्षको रोयल एस्कटमा अनुपस्थित थिइन्।

केही सूत्रले बताए अनुसार राजकुमारी हायालाई आफ्नो ज्यान खतरामा परेको त्रास छ र उनी कानुनी लडाइँको तयारी गरिरहेकी छन्।

हायाको बाल्यकाल

सन् १९७४ मा हायाको जन्म भएको थियो।

उनका बाबु जोर्डनका राजा हुसेन हुन् भने आमा महारानी आलिया अल(हुसेन थिइन्।

राजकुमारी हाया तीन वर्षकी हुँदा नै देशको दक्षिणतिर भएको एक हेलिकप्टर दुर्घटनामा उनकी आमाको निधन भएको थियो।

राजकुमारी हायाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताइन्।

उनलाई दुईवटा निजी विद्यालयमा पढाइ गरेकी थिइन्।

त्यसमा ब्रिस्टलस्थित ब्याडमिन्टन स्कूल र डोरसेटस्थित ब्रायन्स्टन स्कूल थिए।

त्यसपछि उनले अक्सफर्ड विश्वविद्यालयमा राजनीति दर्शन र अर्थशास्त्र पढेकी थिइन्।

दुबईका शासककी श्रीमती जीवन खतरामा परेको त्रासमा यूकेमा

पुरानो अन्तरवार्तामा उनले आफूलाई बाज पाल्ने, शिकार खेल्ने र ठूलो मशिनको सोख रहेको बताएकी थिइन्।

त्यसबाहेक जोर्डनमा ठूलो आकारको ट्रक चलाउने लाइसेन्स पाउने आफू एक मात्र महिला रहेको दाबी गरेकी थिइन्।

राजकुमारीलाई घोडचढीको सोख छ।

आफू २० वर्षकी हुँदा उनले घोडचढीलाई आफ्नो भावी करिअरको रुपमा चुनेकी थिइन्।

सन् २००० को ओलिम्पिक खेलमा घोडचढीमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन्।

उनको नजिक हुन पाउने म भाग्यमानी
सन् २००४ को एप्रिल १० तारिखका दिन राजकुमारी हायाले दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन्।

त्यसबेला राजकुमारीको उमेर ३० वर्ष थियो भने शेख मोहम्मदको उमेर ५३ वर्षको थियो।

राजकुमारी हाया उनकी छैठौँ पत्नी थिइन्।

शेख मोहम्मदको अलग अलग पत्नीबाट २३ छोराछोरी रहेको बताइन्छ।

राजकुमारी हाया जस्तै शेख मोहम्मद पनि घोडचढीको सोखिन हुन्। उनी घोडा कम्पनी गोडल्फिनुका मालिक पनि हुन्।

दुईजनाको बिहे अम्मानमा भएको थियो।
बिहेपछि राजकुमारी हायाले कैयौँपटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे बोल्दै आफू निकै खुशी रहेको बताउने गर्थिन्।

उनले आफुहरूको खुशियालीयुक्त जिन्दगी दर्शाउने पेन्टिङ पनि बनाएकी थिइन्।

इमिरेट विमीन म्यागेजिनको २०१६को अङ्कमा राजकुमारी हायाले शेख मोहम्मदको बारेमा भनेकी थिइन्, उनी हरेक दिन आश्चर्यजनक कामहरू गर्छन्। म उनको यति नजिक रहन पाएकोमा हरेक दिन भगवानलाई धन्यवाद दिन्छु।

सम्बन्धमा फाटो कसरी आयो
गत वर्ष जब शेख मोहम्मदकी एक छोरी शेखा लतिफाले देश छोडेर भाग्न कोसिस गरिन् त्यसपछि हाया र शेख मोहम्मदबीच फाटो उत्पन्न भएको बताइन्छ।

त्यसबेला संसारभरमा एउटा भिडियो फैलियो जसमा ३३ वर्षीय राजकुमारी शेखा लतिफाले आफ्नो परिवारमा कसैलाई आफ्नो स्वतन्त्रताको अधिकार छैन भनेकी थिइन्।

समाचारहरूका अनुसार शेखा लतिफा समुद्री मार्गबाट भाग्न सफल पनि भइन्। त्यसमा उनलाई एक फ्रान्सेलीले सहयोग गरेका थिए।

तर भारतको समुद्री सीमामा रहेका सेनाले उनलाई पक्रेर दुबई फर्काइदिएका थिए।

डिसेम्बरमा हायाका केही तस्बिर प्रकाशित भए जसमा उनी आयरल्याण्डकी पूर्व राष्ट्रपति मेरी रबिन्सनसँग बसेको देखिन्छ।

त्यसबेला दुबई प्रशासनले घर छोडेर भागेकी शेखा लतिफा अरु देशमा भए उत्पीडनको शिकार हुन सक्ने थिइन् भन्दै अहिले दुबईमा सुरक्षित रहेको बताएको थियो।

यो घटनापछि राजकुमारी हायाले यो सम्बन्धमा कैयौँ नयाँ कुरा थाहा भएको र उनका पतिले उनीमाथि दबाब बढाउन शुरु गरेको बताइन्छ।

राजकुमारी हायाका नजिकका सूत्रहरूले बीबीसीलाई बताए अनुसार दबाब बढ्दै जाँदा उनी ब्रिटेन भन्दा पहिले जर्मनी पुगेकी थिइन्।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending