काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ दलित समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनमा उनले विभेद् लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताए। उनले जातीय विभेद्का विरुद्ध लडिरहन आग्रह गरे ।
सम्मेलनमा महासङ्घका अध्यक्ष गोविन्द्र आचार्यले कतिपय कानूनमा अझै समानता नभएको बताए । उनले सञ्चारको संरचनामा अझै सङ्घीयता नआएको र पत्रकार महासङ्घमा अहिले दलित, महिला, जनजाति तथा मधेशी लगायतका सचिव रहेका जानकारी गराए ।
कार्यक्रममा सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, प्रदेश सभा सदस्य तुलाराम घर्ती र वीरबहादुर राना, जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले दलित समुदायले जातीय आधारमा समस्या भोगेको र त्यस समुदायका पत्रकारका समस्या तथा भोगाइ अझै पीडादायक रहेकाले त्यस्ता समस्या हटाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष गङ्गाधर पराजुली, महासङ्घका महासचिव रमेश विष्ट, सचिव रेश विक, प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देल, फनिजका अध्यक्ष डण्ड गुंरुङ, प्रगतिशिल पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा र दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडी, वरिष्ठ पत्रकार पत्रकार मेघराज शर्मा लगायतले दलित समुदाय शिक्षित समुदायबाट अपमानित हुनुपरेको र त्यस समुदायका पत्रकारले पनि जातीय विभेद् तथा आर्थिक समस्या झेल्नु परेको बताए। सम्मेलनमा नेपालभरका सयभन्दा बढी दलित समुदायका पत्रकारको सहभागिता छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: