काठमाडौं । स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै निकायले अध्ययन अनुसन्धान गरेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका नकारात्मक कारणले अस्पतालमा भर्ना हुने दशमध्ये एकजनामा नकारात्मक असर पर्ने गरेको र मृत्युसम्म पु¥याएको जनाएको छ । यसैगरी दक्षिण एशियाली मुलुकहरुमा मृत्यु हुनेमध्ये २७ प्रतिशत स्वयं स्वास्थ्यकर्मीको भुलचुकले हुने गरेको जनाइएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीको अस्पतालकै कारण सङ्क्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगको निर्देश गर्नु, औषधिको मात्रा बढी हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने गरेको पाइएको सङ्गठनको भनाइ छ ।
बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास कसरी गर्ने भन्ने ध्येयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठन र निजी क्षेत्रको अस्पताल नेपाल मेडिसिटीद्वारा संयुक्तरुपमा आज यहाँ सोसम्बन्धी दुईदिने गोेष्ठीको आयोजना गरियो ।
स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीलाई प्रभाव पार्ने तत्वका पहिचान गरी सुरक्षा प्रदान गर्ने विषयमा विश्व स्वास्थ्य सङ्गठन, अमेरिका, बेलायत तथा सार्क क्षेत्रका चिकित्सकले छुट्टाछुट्टै कार्यपत्र गोष्ठीमा प्रस्तुत गर्नेछन् ।
गोष्ठीको पहिलो सत्रमा शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले उपचार लिन आएका बिरामीको सुरक्षित उपचार गर्नु अस्पताल र स्वास्थ्यकर्मीको प्रमुख दायित्वलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र कार्यान्वयनसमेत गरेको जानकारी दिए। “स्वास्थ्यकर्मीको समूहगत कार्य तथा औषधि, उपकरण, प्रयोगशालाको समन्वयले मात्र बिरामीको सुरक्षा हुन्छ । कहिलेकाहीँ यी कुराभन्दा बाहिर जाँदा बिरामी असुरक्षित हुन्छन् । पछिल्लो समय नेपालका तराई मधेशमा डेङ्गु नियन्त्रणमा चुनौती थपिएको छ । यस्तो अवस्थामा स्वास्थ्य निकाय संवेदनशील बन्नुपर्छ”, उनले भने ।
स्वास्थ्य सेवा विभागका डा अर्जुन सापकोटाले स्वास्थ्य सेवालाई सुरक्षित बनाउन विभागले स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा जनचेतनामा विशेष ध्यान दिएको उल्लेख गर्दै स्वास्थ्य संस्था र सेवाका कारण बिरामीको मृत्यु हुन नदिन समन्वयकारी कामको खाँचो औँल्याए । अमेरिकाका डा पाउल किलगोरले अस्पताल र बिरामीलाई सुरक्षा प्रदान गर्न सामूहिक कार्यमा जोड दिनुपर्छ भने।
भारतका डा गिरीधर ज्ञानीले स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकले बिरामीको मृत्यु रोक्नु चिकित्सा क्षेत्रका लागि चुनौतीको विषय रहेको औँल्याए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: