Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

राजीनामा लेख्दै हिरासतबाट उम्कँदै विप्लवका कार्यकता

दाङ । पछिल्लो समय पक्राउ पर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरूले हिरासतबाटै राजीनामा लेख्न थालेका छन् । यसलाई कतिले प्रहरीबाट फुत्कने रणनीतिका रूपमा लिएका छन् त कतिले साँच्चिकै उक्त समूह छाडेको ठानेका छन् ।

आजको कान्तिपुरमा खबर छ – नेकपाका घोराही उपमहानगर इन्चार्ज सहदेव थारूले लामो समय हिरासत बसेपछि पार्टी परित्याग गरेको घोषणा गरे । १० वर्षे सशस्त्र द्वन्द्वमा समेत सामेल उनको यो घोषणाले धेरैलाई अचम्ममा पार्‍यो । त्यसपछि क्रमशः हिरासतमा रहेका अन्य नेताको पनि पार्टी छाडेको प्रेस विज्ञप्ति आयो । प्रहरीले उनीहरूलाई थुनामुक्त गर्‍यो ।

सबै विज्ञप्तिको भाषा एकैखाले छ । प्रहरीले पक्रने, अदालतले छाड्न आदेश दिने र फेरि पक्राउ गर्ने क्रम चलिरहेको छ । कतिपयको बुझाइमा पटकपटक पक्राउ गर्न कठिन भएपछि प्रहरीले नै विज्ञप्ति तयार पारेर हस्ताक्षर गर्न लगाएको हो । माथिल्लो निकायमा पार्टी छाडेको विज्ञप्ति आएका कारण छाडेको भनेर रिपोर्टिङ गर्ने र अदालतको आदेशबाट पनि बच्ने उपाय अवलम्बन गरेको हो । नेकपा छाड्ने नेताहरू बढेको देखाएर प्रहरीले आफ्नो उपलब्धि देखाउन खोजेको केहीको बुझाइ छ ।

पार्टी छाडेको विज्ञप्ति जारी गर्नेहरूले घरायसी कारण देखाएका छन् । ‘श्रीमती बिरामी भएकाले घरमा हेरचाह गर्ने कोही भएन । लामो समय थुनामा बस्दा घर लथालिंग भयो,’ थारूले भने, ‘मेरो आफ्नै समस्या भएकाले पार्टीबाट राजीनामा दिनुपरेको हो । अहिले घरकै काममा ध्यान दिइरहेको छु ।’ समय परिस्थितिअनुसार राजनीतिमा फेरि लाग्ने या नलाग्ने भन्ने निर्णयमा पुग्ने उनले बताए ।
बंगलाचुली गाउँपालिका इन्चार्ज शशिधर दमाईं पनि पार्टी छाडेको विज्ञप्ति निकालेर प्रहरीबाट छुटे ।

यसैगरी छुटेका नेकपानिकट शिक्षक संगठनका सल्लाहकार घोराही–१३, वनगाउँका वीरबल वलीले भने प्रहरीले बदनाम गर्न खोजेको आरोप लगाए । ‘लामो समयदेखि प्रहरी नियन्त्रणमा रहेकाले मेरो स्वास्थ्य अवस्था नाजुक छ । दाङ, रोल्पा, प्यूठान घुमाएर मलाई दुःख दिने काम भयो,’ ६७ दिन हिरासत बसेका उनले भने, ‘प्रहरीले पार्टी छाडेको राजीनामापत्रमार्फत बदनाम गर्न खोज्यो । विज्ञप्तिमा आएको सबै कुरा यथार्थ होइन ।’ लामो समय राजनीतिमा बिताएकाले यति सजिलै टाढिन नसकिने उनले बताए ।

‘विभिन्न रोगबाट ग्रस्त भएकाले अहिले प्रहरी हिरासतबाट मुक्ति पाउनु पहिलो आवश्यकता हो,’ उनले भने, ‘औषधि गर्न नपाउँदा मेरो स्वास्थ्य अवस्था दिनदिनै बिग्रँदै गएको छ । अहिले प्रहरीबाट छुटकारा पाउनैपर्ने अवस्था आएको हो । अरू कुरा आफैं बुझ्नुहोस् ।’

नेकपा केन्द्रीय सदस्य चूडामणि वली र रोल्पा जिल्ला सदस्य लालबहादुर वलीलाई प्रहरीले उच्च अदालत तुलसीपुर परिसरबाटै पक्राउ गरेको थियो । अदालतले थुनामुक्त गर्न आदेश गरे पनि प्रहरीले पुनः पक्राउ गरेको हो । पटकपटक पक्राउ गरेर तनाव दिने र अन्त्यमा पार्टी छाड्न बाध्य पार्ने प्रहरीको रणनीति देखिन्छ । नेकपा नेताहरू पनि लामो समय दुःख पाउनुभन्दा राजीनामाको विज्ञप्ति निकालेर छुटकारा पाउने मनसायमा देखिन्छन् ।

प्रहरी स्वयं पनि उनीहरूले साँच्चिकै पार्टी छाडेकामा विश्वस्त छैनन् । थुनाबाट निस्कने रणनीति मात्र हुन सक्ने भएकाले निगरानीमा राख्ने गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । ‘विज्ञप्ति निकालेका आधारमा मात्रै पूर्ण रूपमा पार्टी छाडेकामा हामी विश्वस्त छैनौं । पार्टी छाडेर सामान्य जीवनयापन गर्न चाहे थुनामुक्त गर्न सकिने भएकाले हामीलाई पनि सजिलो भएको छ,’ उनले भने, ‘तर उनीहरू फेरि पनि पार्टीको सम्पर्कमा रहन सक्ने सम्भावना छ । त्यसकारण ठूला नेताको हकमा त्यस्तो गरेका छैनौं ।’

लामो समय थुनिनुपर्ने भएकाले उनीहरू पनि सतर्क भने भएको पाण्डेले बताए । ‘सकभर प्रहरीको नियन्त्रणबाट टाढै बसौं भन्नेमा उनीहरू देखिन्छन् । मोबाइल पनि फेरिराख्ने गरेका छन्,’ उनले भने, ‘ग्रामीण भेगमा अलि गतिविधि गरिरहेको सूचना आइरहेको छ । भित्री रूपमा चन्दा असुल्ने र संगठन बनाउने काम गरिरहेको आशंका छ ।’ प्रेस विज्ञप्ति निकालेर पार्टी छाडेको घोषणा गरेपछि सबैले थाहा पाउने, पार्टीसम्म पनि कुरा पुग्ने र उनीहरूलाई पनि नैतिक दबाब हुने भएकाले फेरि पहिलेजस्तो सक्रिय नहुने सम्भावना पनि प्रहरीले औंल्याएको छ ।

जेजस्तो अवस्थामा थुनामुक्त भए पनि उनीहरूका गतिविधिमा भने कडाइसाथ निगरानी गरिएको पाण्डेले बताए । ‘राष्ट्रिय अनुसन्धान र प्रहरी व्यापक परिचालन छ । निरन्तर निगरानी छ, कुनै गतिविधिमा फेला परे पक्राउ परिहाल्छन्,’ उनले भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending