पर्वत। आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नका लागि पर्वतका वडाध्यक्षहरूलाई योजना छनोटमा यतिबेला भ्याइनभ्याइ भएको छ ।आगामी असार १० गतेभित्रै सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने भएकाले उक्त बजेटमा समावेश गर्न गाउँ, टोल र बस्तीमा पुगेर योजना छनोट तथा सङ्कलन र छलफल शुरु गरेका हुन् ।
विगत एक सातादेखिनै जिल्लाको कुश्मा, फलेवास, महाशीला, विहादी, पैंयु, मोदी र जलजला गाउँपालिकाका वडा अध्यक्षहरू सक्रिय रुपमा योजना छनोटका लागि छलफलमा सक्रिय भएका हुन् । सबै टोल र बस्तीमा पुगेर स्थानीय नागरिकका आवश्यकता र चाहना बमोजिम योजना छनोटका लागि छलफल गरिएको महाशिला वडा न ५ का वडाध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिए ।
उनले वडाका ११ वटा टोल बस्तीमा भेला आयोजना गरी ब्यापक छलफल गरिएकोे बताए । शुरुमा बस्तीबस्तीमा पुगेर छलफल गरे पनि अन्तिममा वडा कार्यलयमै वडास्तरीय योजना तर्जुमा गरेर टङ्गो लगाइने उनको भनाइ थियो ।
महाशीलाका अध्यक्ष राजु पौडेलले सबै वडामा अहिले आगामी आर्थिक वर्षको योजना बारेमा छलफल भइरहेको बताए ।
यस्तै कुश्मा नगरपालिकाका पनि अधिकांश वडाका टोलमा छलफल गरी योजना छनोट गरिएको कुश्मा– ५ का अध्यक्ष चित्रकला शर्माले जानकारी दिए । उनले योजना स्थानीयवासीकै आवश्यकता र मागका आधारमा योजना छनोट गर्नका लागि टोल र बस्तीस्तरसम्म पुगेर छलफल गरिएको बताए ।
त्यस्तै फलेवास नगरपालिकाले पनि वडाध्यक्षलाई बस्ती बस्तीमा पुगेर योजना छनोट गर्न ताकेता गरिएको जनाएको छ । नगरपालिकाले असार १ गतेभित्र छलफल गरेर योजना टुङ्ग्याउन भनेको प्रवक्ता टीकाराम गौडेलले जानकारी दिनुभयो । त्यसैगरी मोदी गाउँपालिकाका पनि आठ वटै वडामा छलफल चलिरहेको त्यहाँका प्रवक्ता विमल लामिछानेले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: