Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

यी नेताहरु ! जो बाँचुन्जेल नेता

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा ९मसाल० को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो।

आजको अन्नपुर्णमा खबर छ – सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्। त्यसयताको ४४ वर्ष ९एक वर्ष आन्तरिक कारबाही० सिंह निरन्तर शीर्ष नेतृत्व ९महासचिव पद० मा छन्। उनी ०५७र०५८ सालमा केही समय कारबाहीमा पर्दा मात्र नेतृत्वमा रहेनन्।

सिंहलाई महाधिवेशनमा पार्टीभित्र टक्कर दिने नेतै देखिएनन्। अन्य केही नेताले भित्री आकांक्षा देखाए पनि सिंहसामु नेतृत्वको दाबी गर्ने हिम्मत कसैले गरेनन्। यसरी सिंह पाँचौंपटक महामन्त्री भए।

‘केन्द्रीय समितिमा नयाँ पुस्ताका पनि चुनिनुभएको छ, हामी पुराना पुस्ताका पनि छौं,’ सिंहले अन्नपूर्णसँग भने, ‘नेतृत्वको निर्णय महाधिवेशनले गर्ने हो। आवश्यकताले कसलाई दिँदा उपयुक्त हुन्छ भन्ने ठान्छ, उसैलाई दिने हो, मलाई आवश्यकता ठान्यो अनि आफैंले नेतृत्व लिएँ।’

सिंह २०१४ सालदेखि नै नेकपाको केन्द्रीय समितिमा छन्। वयोवृद्ध सिंहले नेतृत्व नछोड्दा नेताहरू पदमा बस्न निकै लालायित हुँदा रहेछन् भन्ने सन्देश गएको छ। सिंह भने साथीहरूको विश्वास र आफ्नो सक्रियताले नेतृत्वमा रहिरहेको जिकिर गर्छन्। उनी भन्छन्, ‘लेनिनवादी सिद्धान्त भनेको नेतृत्वमा भरसक निरन्तरता हुनुपर्छ भन्ने हो। आवश्यकताअनुसार परिवर्तन पनि हुन सक्छ। तर साथीहरूको विश्वास र आफ्नै सक्रियताले मैले फेरि नेतृत्व पाएको हुँ।’

सिंह त उदाहरण मात्र हुन्। नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने धेरै नेता छन्। कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र माले महासचिव सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन्। यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन्।

सेक्टर काण्डपछि ०४६ भदौमा तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य (किरण) ले सुम्पेयता दाहालले नेतृत्व छोड्नुपरेको छैन। पार्टीको नाम पटकपटक फेरियो, तर पार्टी हाँक्ने जिम्मेवारी दाहालकै काँधमा छ।

दाहालले नेतृत्व गरेको नेकपा (मशाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत (माओवादी), माओवादी केन्द्र हुँदै अहिले नेकपा बनेको छ। दाहाल उनले एकल अध्यक्षदेखि सामूहिक नेतृत्वसम्म गरिरहेका छन्।

उनले गत वर्षदेखि हालका प्रधानमन्त्रीसमेत रहेका केपी ओलीसँग सामूहिक नेतृत्वमा पार्टी हाँकिरहेका छन्। तत्कालीन एमालेसँग एकता गरेपछि उनले आफ्नो भूमिका कमजोर भएको ठानेका त छन्, तर अधिकार खोजीमा उनका पछिल्ला अभिव्यक्ति ‘प्रखर’ रूपमा आउन थालेको छ। दाहालले कहिले महामन्त्री त कहिले अध्यक्षका रूपमा निरन्तर पार्टी नेतृत्व हाँकेको तीन दशक बितेको छ। उनी अझै नेकपाको एकता महाधिवेशनबाट एकल नेतृत्व गर्ने योजनामा छन्।

निरन्तर नेतृत्वमा रहने अर्का नेता हुन् माले महासचिव सीपी मैनाली। उनी ०३५ देखि ०३९ सम्म तत्कालीन मालेको महासचिव थिए। ०५४ मा एमाले छाडेर मैनाली, वामदेव गौतमलगायतले माले पुनर्गठन गरे। वामदेव ०५८ मा एमालेमै फर्किए। तर मैनाली फर्किन मानेनन्। उनले आफ्नै नेतृत्वमा सानो समूह सञ्चालन गरिरहे। माले ०५८ सालयता मैनालीकै नेतृत्वमा छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि निरन्तर पार्टी नेतृत्व सम्हाल्ने नेता हुन्। ८२ वर्ष पार गरिसकेका बिजुक्छे नेमकिपाको सुरुदेखि एकछत्र नेतृत्वमा छन्। ०३१ सालमा नेपाल मजदुर किसान संगठनको नेतृत्वमा रहेका बिजुक्छे ०४६ पछि पार्टी आकारमा आएको नेमकिपा नेतृत्वमा छन्। उनले गत संसद्को चुनावमा नउठेर पुस्ता हस्तान्तरण गरे। तर पार्टी नेतृत्व भने कब्जामै राखेका छन्।

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीमा पनि उस्तै अवस्था छ। उक्त पार्टीको अध्यक्षमा उपेन्द्र यादव छन्। सुरुमा एनजीओ बनाएका मधेसी जनअधिकार फोरमलाई यादवले ०६३ सालदेखि पार्टी बनाए। त्यसयता उनले पार्टी नेतृत्व छोडेका छैनन्। उनले बेलाबखत अन्य पार्टीसँग एकता गरेका छन्, पार्टी नाम फेरका छन् तर नेतृत्व छोडेका छैनन्।

डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकतापछि भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएर यादवले कार्यकारी अध्यक्ष आफैंले राखेका छन्।

चालीसको दशकमा नेतृत्व सहज हस्तान्तरण गरेका कम्युनिस्ट नेता मोहन वैद्यको हकमा पनि पछिल्लोपटक नेतृत्व आफंैमा सीमित राख्न खाजेको आरोप लाग्न थालेको छ। तत्कालीन माओवादी विभाजनपछि ०६९ सालमा वैद्यकै नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो। त्यसपछि वैद्य पनि निरन्तर पार्टी नेतृत्वमा छन्। उनी अहिले नेकपा ९क्रान्तिकारी माओवादी० को महासचिव छन्। पहिले अध्यक्षात्मक प्रणालीमा रहेको उनको पार्टीले केही समय अगाडि राष्ट्रिय सम्मेलन गरेर महासचिव प्राणालीमा गएको हो।

राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्व हस्तान्तरण गर्न नचाहने नेतामै गनिन्छन्। उनले पनि ०६४ सालदेखि पार्टी नेतृत्वमा एकछत्र राज गरिरहेका छन्।

कांग्रेसमा भने गिरिजाप्रसाद कोइराला छँदासम्म उनकै कब्जामा पार्टी थियो। निरन्तर १३ वर्ष सभापति बनेका कोइराला पार्टी सभापति रहेका अवस्थामा दिवंगत भए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending