Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रधानमन्त्री ओली फ्रान्सको केबलकारमा अड्किएपछि...

फ्रान्स । नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् ।

आज को कान्तिपुरमा समाचार छ – युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न जाँदा केबलकारमा अड्केका हुन्। फ्रान्सेली स्थानीय पत्रिका ल दोफिनले उल्लेख गरे अनुसार २५०० मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्नियलगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरुपनि सँगै थिए।

प्रधानमन्त्रीको टोली केबलकारमा अड्किएपछि मौसम खराब बनेको थियो। खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोलीले त्यँही छलफल गरेर समय कटाएको थियो। प्रधानमन्त्रीको टोलीसँगै करिब ४० जना केबलकारमा अड्किएका थिए। केबलकारमा अड्किएपछि प्रधनामन्त्रीको जेनेभा फर्किने कार्यक्रम ढिलो भएको थियो।

सामोनीका नगरप्रमुख एरिक फुर्नियले प्रधानान्त्रीको सम्मानमा स्वागत कार्यक्रम राखेका थिए। नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको उपलक्ष्यमा नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा गौरब महशुस गरेको बताए।

उनले सामोनी र नेपालको भौगोलिक मात्रै नभएर, प्राक्रितिक, सामाजिक र नागरिकको सोचाइमा पनि समानता रहेको उल्लेख गरे। सामोनीमा बिभिन्न समयमा आएका ३० देखि ४० नेपालीले स्थायी बसोबास गरेकाले तिनलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले नेपाल र फ्रान्सको आत्मीय सम्बन्धलाई अझै बढाउनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले पनि विगतका भनाईहरुमा झैं दुई देशको सम्बन्ध बढाउनु पर्ने र आर्थिक लगानीका लागि अब नेपाललाई सहयोग गर्नुपर्ने उल्लेख गरे। नेपालमा शान्ति, सुब्यवस्था, संविधान र स्थायी सरकार भएकाले लगानीको वातावरण बनेको भन्दै फ्रान्सेलीहरुलाई लगानी गर्न आव्हान गरेका हुन्।

हिमाली क्षेत्रका वस्तुहरु, खेलकुदका उपकरण, उच्च हिमाली भागमा जाँदा प्रयोग गरिने कपडा, जुता, ज्याकेटलगायतका वस्तु उत्पादन गर्न नेपालमा लगानी आव्हान गरेको सामोनीका गाईड फुर्वा लामाले कान्तिपुरलाई बताए।

प्रधानमन्त्रीले त्यहाँको हिम चिप्लेटी ९स्की० र उच्च हिमाली क्षेत्रका गाईडहरुलाई प्रशिक्षण दिने केन्द्रको पनि अवलोकन गरेका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending