Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

धरानमा डेंगु नियन्त्रणबाहिर स् विराटनगर र दमकमा पनि देखियो

काठमाडौं । सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ । सुनसरीकै इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसम्म डेंगु फैलिएको पुष्टि भएको छ । सुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

‘आजको नयाँ पत्रिका दैनिकमा खबर छ हरेक घरमा पानी टनाटन छ । जम्मा भएको पानी नफाल्दासम्म त्यहाँका जनतालाई औषधि खुवाएर ठीक हुँदैन । लामखुट्टेको जीवनचक्र दुई हप्ताको हुन्छ । दुई हप्ताको जीवनचक्र टुटाउन अहिले भइरहेको लार्भालाई मार्नुपर्छ । घरका ट्यांकी तथा भाँडाकुँडा र घरवरिपरि भएको पानीमा लार्भा देखिएका छन् । त्यसका लागि जम्मा गरेको सफा पानी फाल्नुबाहेक अर्को कुनै विकल्प छैन,’ प्रदेश १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा निर्देशक भोगेन्द्र डोटेल भन्छन्, ‘सफा पानी घरमा खुला राख्नु खुला बम राख्नुजस्तै हो ।’ घरको पानी फाल्दा दैनिक उपभोगका लागि अर्को पानी व्यवस्था नहुने भएपछि स्थानीयले अस्वीकार गरेका छन् ।

सुनसरीमा दैनिक अस्पताल आउने बिरामीमध्ये २५–३० जनामा डेंगु देखिएको र संख्या बढ्ने क्रममा रहेकाले चुनौती थपिएको उनको भनाइ छ । ‘दैनिक डेंगुका ३० बिरामी देखिनु भनेको सरकारले प्रभावित क्षेत्रमा गरेको नियन्त्रण प्रयास सफल नहुनु हो,’ उनले भने । धरानमा वेलैमा नियन्त्रण गर्न नसक्दा नै पूर्वीतराईमा संक्रमण फैलिँदै गएको छ ।

प्रिमनसुनमै आयो
विगतमा डेंगु पोस्ट–मनसुनमा मात्रै देखिन्थ्यो । तर, अहिले प्रिमनसुनमै देखिएपछि चिकित्सक पनि झस्किएका छन् । ‘पानी परेर रहिसकेपछि खाल्डाखुल्डीमा जमेको पानीमा डेंगु आउनुपर्ने हो । तर, अहिले प्रिमनसुनमै देखिएको छ । यो चिन्ताको विषय हो,’ डोटेलले भने ।

डेंगुबाट बच्ने मुख्य उपाय
आफू बस्ने ठाउँवरिपरि फालिएका खाली बट्टा, टुटेफुटेका कप, बोतल, खाली भाँडामा पानी जम्न दिनुहुँदैन । पानी जमेको स्थानमा हप्ताको दुईपटक मट्टीतेल छर्कने, खानेपानीका ट्यांकीमा लामखुट्टे प्रवेश गर्न नसक्ने गरी ढकन लगाउने तथा हप्तैपिच्छे सफा गर्ने । लामखुट्टेको टोकाइबाट बच्न शरीरका सबै अंग ढाक्ने लुगा लगाउने तथा लामखुट्टे भाग्ने मल्हम शरीरमा दल्ने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending