Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

रैथाने जातका धानको बीउ लोप हुँदै

रामपुर । पाल्पा जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमति, झिनुवा, आमझोत्ते,लगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको किसानको भनाइ छ ।

पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट उत्पादन धेरै हुने, पानी कम लाग्ने भएपछि किसानको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका कृषि विकास अधिकृत रामहरि पाण्डेयले बताए । उनले उत्पादन बढी हुने, धानको नल छोटो हुने र स्याहार्न पनि सजिलो हुने भएपछि किसान उन्नत धानको बीउतर्फ आकर्षित भएका छन् ।

सावा मनसुनी, शान्ति, जानकी, जीरामसिना, साना मनसुली, युएस, खुमल चार लगायतका धान खरीद गरेर अहिले किसान धानको बीउ राख्न व्यस्त देखिन्छन् । नयाँ उन्नत जातका धानको बीउ लगाएपछि कीरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण किसानले पहिले पहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । किसानले परम्परागत शैलीमा कृषि कार्य गर्न छाडेको र विभिन्न प्रविधिको प्रयोगले कृषि क्षेत्र सहज बन्न थालेको छ ।

पुराना धानबाट खाना स्वाादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ किसानको ध्यान कम जान थालेको किसान हुमादेवी देवकोटाले बताए । जिल्लाको आठ हजार ६२० हेक्टर क्षेत्रफल धानका लागि उपयुक्त रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

रामपुरका किसान सूर्यप्रसाद रेग्मीले पछिल्लो समय ‘हाइब्रिड’ भनेपछि धेरै फल्ने लोभमा किसान प्रभावित भएको बताए । हाइब्रिड जातका धानभन्दा पुराना नेपालमा उत्पादन हुने धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्व किसानले बुझ्न नसकेको उनको धारणा छ । सातबिसे सेरा धानको बीउ उत्पादन पकेट क्षेत्र रामपुरका संयोजक रहेका रेग्मीले आफ्नो समूहले राम्रो जातका धानको बीज वृद्धिसमेत गर्दै आएको जानकारी दिए

पाल्पा जिल्लाका माडीफाँट, अर्गलीफाँट, हेक्लाङ्फाँट, रामपुरफाँट, दोभानलगायतका फाटमा धान उत्पादनका लागि पकेटक्षेत्र मानिन्छ । रामपुर नगरपालिका भित्रमात्रै एक हजार ८०० हेक्टर क्षेत्रफलमा गत वर्ष करीब सात हजार ६५० मेट्रिक टन धान उत्पादन भएको कृषि शाखा कार्यालयले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies