Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

तेस्रोलिङ्गीलाई यौनिक तथा अल्पसङ्ख्यकको पीडा

रुपन्देही । रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए । परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन् ।

तेस्रोलिङ्गी भएकै कारण समाजले उनको अस्तित्व स्वीकार गरेन । कैयौँपटक आत्महत्याको असफल प्रयास गरे । जीविका चलाउन बुटवलका गल्लीहरु धेरै चाहारे तर भनेजस्तो काम नपाएपछि रेशम काठमाडौं गए । “केटाको शरीरमा केटीको भावना बोकेर हिँड्न मेरा लागि युद्ध जित्नु बराबर थियो, मैले त्यो शब्दमा बयान गर्न सक्दिनँ तर मलाई परिवार र समाजले कहिल्यै बुझेन”, उनले दुखेसो पोखे । उनलाई तेस्रोलिङ्गी भएकै कारण काठमाडौँमा पनि सबैले छिःछि र दूरदूर गरे । केही सीप नलागेपछि उनले ठमेलमा देह व्यापार शुरु गरे ।

मनोरञ्जनको दुनियाँमा रेश्मा डार्लिङको नामबाट उनले चर्चा बटुले । “मलाई राति ढिलो हुँदा पीर गर्ने कोही थिएन, न त कस्तो छ भनेर सोध्ने कोही थियो, जन्मदिने बुबाआमालाई त वास्ता भएन अरुले के भन्लान् भनेर कहिल्यै सोेचिनँ” रेशमले भने । नृत्यमा विशेष दख्खल राख्ने रेशमले विस्तारै देहव्यापार छाडेर नृत्य निर्देशकका रुपमा काम शुरु गरे । उनी नेपालको पहिलो तेस्रोलिङ्गी नृत्य निर्देशक हुन् । उनी अहिले आफ्नो पेशा र सामाजिक क्षेत्रमा क्रियाशील छन् । “हिजो छक्का भन्नेलाई छक्क पारेर काम गर्नु छ”, रेशम भन्छन् ।

पाल्पाको तानसेनमा जन्मिएका ३० वर्षीया अवान्तिका घर्तीमगरले तेस्रोलिङ्गी भएकै कारण शारीरिक, मानसिक र सामाजिक हिंसा सहिन् । तेस्रोलिङ्गी भएकै कारण सानै उमेरमा परिवारले घरबाट निकालिदिएपछि बिचल्लीमा परेकी उनको भोगाइ दर्दनाक छ । “विद्यालय उमेरबाटै विभिन्न उपनामले गिज्याए, मानसिकरूपमा विक्षिप्त भएका बेला तानसेनमा म जस्तै अरु साथी भेटेँ”, उनी भन्छिन् । अहिले ब्लुडाइमण्ड सोसाइटीमा आवद्ध भएर उनले यौनिक तथा अल्पसङ्ख्यकको अधिकारका लागि आवाज उठाउँदै आएकी छन् ।

अर्घाखाँचीका १७ वर्षीय शिशिर भट्टराईको भोगाइ पनि सुखद् छैन । विद्यालयमा पढ्दापढ्दै अन्तरलिङ्गी भएको थाहा पाएपछि बुबाआमाले अनेक यातना दिए । “विद्यालयमा साथीभाइसँग बस्नसमेत दिइएन, न त बिरामी हुँदा उपचार पाएँ, एउटै कोखबाट जन्मिए पनि भाइबहिनी र ममा ठूलो विभेद गरियो”, शिशिर आँशु झार्दै दुःख पोख्छन् । अन्ततः बुबाआमाले कुटपिट गरी घरबाट निकालिदिएपछि उनी अहिले बुटवलमा छन् । “अन्तरलिङ्गी भएर जन्मिएर मैले के अपराध गरेँ रु जसका कारण मलाई परिवार र समाजले स्वीकार गरेन”, शिशिर प्रश्न गर्छन् ।

रेशम, अवान्तिका र शिशिर मात्र होइन, अधिकांश यौनिक तथा अल्पसङ्ख्यकहरुका पीडा एउटै छन्, परिवार र समाजले स्वीकार नगर्नु । “हाम्रो पहिचान स्वीकार गरिएको छैन, अझै पनि विभिन्न उपनाम दिएर जिस्क्याउँछन्”, नील हिरा समाजका अध्यक्ष आनिक रानाले भने । “सरकारी निकाय, सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला, पुरुष मात्रै उल्लेख हुन्छ तर हामी कहाँ जाने ?”, उनको प्रश्न छ । रानाका अनुसार रुपन्देहीमा करीब नौ हजार यौनिक तथा अल्पसङ्ख्यक छन् । तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजले हेला गर्ने मात्र होइन, सम्पत्तिबाट समेत बेदखल हुनुपरेको उनीहरुको गुनासो छ ।

“मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ शुरु हुन्छ । शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट बञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ”, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ कार्यालय निर्देशक सम्झनाको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies