काठमाडौँ । विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।
सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताए । उनले भने, “मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो दिन २० थियो । गिद्ध देखेपछि स्थानीयवासीको ठूलो घुइँचो लाग्ने गरेको स्थानीयवासी भगवतीप्रसाद पासवानले जानकारी दिए ।
नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये चार प्रजातिका अति लोपोन्मुखको सूचीमा रहेका कुशहास्थित मसिलाल जनता उच्च माध्यमिक विद्यालयका प्रार्चाय हंसनारायण मेहताले बताए । उनका अनुसार डङ्गर, सानो खैरो, सुनगिद्ध र सेतोगिद्ध अति लोपोन्मुखको सूचीमा छन् । यी प्रजातिका गिद्धलाई एशियामै अति लोपोन्मुखको सूचीमा रखिएको बताइएको छ । अहिले नेपालमा हिमाली, खैरो राज र हाडफोड प्रजातिका गिद्ध बढी पाइन्छन् ।
यी प्रजातिका गिद्धको तथ्याङ्क यकिन नभएको मेहताले बताए । उनले भने, “बलानखोलामा देखिएका गिद्ध हिमाली र खैरो हुन सक्दछ । हिउँदको समयमा हिमाली क्षेत्रमा बढी चिसोले गर्दा बसाइँ सरी तराई क्षेत्रमा आएका र खैरो गिद्धचाँहि सबै क्षेत्रमा पाइने गर्दछ ।” एशियामै अति लोपोन्मुखको सूचीमा रहेको डङ्गर गिद्ध नेपालमा एक हजार जोडीको हाराहरीमा रहेका प्राचार्य मेहताले जानकारी दिए ।
रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: