Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिएको छ । प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण गरी सो अभियान आरम्भ गरेका छन् । सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिसकेको छ ।

साथै कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका विरुवा उत्पादन गर्ने तथा खाली र बाँझो जमीनमा फलफूलमा विरुवा रोपण गर्ने नीति अवलम्बन गरिएको छ । सोही नीतिको कार्यान्वयन गर्ने सिलसिलामा आजको अभियानलाई निरन्तरता दिँदै सरकारले राष्ट्रव्यापी रुपमा विस्तार गर्न सरकारका सबै निकाय, स्थानीय तह, गैरसरकारी संस्था एवं नागरिकमा अनुरोध गरेको छ ।

सरकारले अभियानअन्तर्गत गत वर्ष मुलुकभर कागती, अलैंची, सुन्तला, आँप, लिची, केरा स्याउ, अम्बा, अनार, जुनार, ओखर, लप्सी, किबी, अङ्गुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७३९ विरुवा रोपण गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय योजना आयोगको सचिवालय परिसरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्ति सहभागी थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending