काठमाडौं । बुधबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज पूर्व र मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना देखिएको छ । पूर्वी क्षेत्रमा अहिले मौसम बदली हुने क्रम बढ्दै गएको र कुनै पनि बेला वर्षा हुने अवस्था रहेको उनले बताए ।
उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा पनि अहिले मौसम बदली भएको छ। ‘काठमाडौंमा दिउँसा या साँझपख पानी पर्न सक्छ,’ उनले भने, ‘काठमाडौंमा बिहान एकरदुई स्थानमा छिटफुट वर्षा भइसकेको छ ।’ तर हावाहुरीको सम्भावना नरहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।
यसैगरी आज साँझपख पश्चिम पहाडी क्षेत्रमा अपराह्नपछि वा साँझपख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पश्चिमी तराईमा भने आजपनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । ‘पश्चिमी तराईमा आजपनि पानी पर्ने प्रणाली बलियो देखिएको छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘तर मौमस बदली भएकाले तापक्रम चाहिँ घटेको छ ।’
किन दिनहुँ भइरहेको छ वर्षा ?
ठूलो पानी नपरे पनि केही दिनयता विशेषगरी साँझपख मुलुकका कुनै न कुनै स्थानमा पानी परिरहेको छ ।
मौसमविद्का समीर श्रेष्ठका अनुसार केही दिनयता दिनहुँ पानी पर्नाका मुख्य कारण बंगाल खाडीबाट आइरहेको जलवाष्पयुक्त हावा हो । नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने उक्त हावाका कारण केही दिनयता दिनहुँ वर्षा भइरहेको उनको भनाइ छ ।
साथै वायुमण्डलको माथिल्लो तहमा पश्चिमी वायुको प्रभावले पनि मौमस बदली तथा वर्षा गराउन मद्दत पुगेको उनको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म मौसम खुल्ने सम्भावना छैन । बुधबारदेखि तीन दिनसम्म अधिकांश स्थानमा बदली भई विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: