म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् ।
पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले जानकारी दिए । साँघुरो र भिरालो बाटोमा ३०० मिटर सिँढीसहितको पदमार्ग निर्माण भएको हो ।
यात्रा सुरक्षित भएको छ, यसअघि चिप्लो र भिरालो बाटोमा लडेर चोटपटक लाग्ने समस्या थियो । पदमार्ग निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको थियो ।
भौगोलिक रूपमा विकट र बस्तीदेखि टाढाको जङ्गलमा पदमार्ग बनाइएको हो । पुनहिल भ्रमणका लागि आउने पर्यटकबाट सङ्कलन गरिने प्रवेश शुल्कबाट पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।
घोडेपानी र पुनहिललाई सरकारले नेपालका १०० पर्यटकीय स्थलमा समेटेको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु श्रृङ्खलाका हिमालको अवलोकन गर्न सकिन्छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिल क्षेत्र गुराँसको जङ्गल, वन्यजन्तु, वनस्पतिले पनि आकर्षण गर्दछ ।
शिशु उपचार कक्ष सञ्चालन
बेनी अस्पतालमा शिशु उपचार कक्ष सञ्चालन गरिएको छ । नवजात शिशुको उपचारका लागि अस्पताल व्यवस्थापन समितिले दुई श्यया क्षमताको छुट्टै कक्ष सञ्चालनमा ल्याएको समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । यो कक्षमा २८ दिनसम्मका शिशुलाई राखेर उपचार गर्न सकिने सुविधा छ ।
अक्सिजन, न्यानोका लागि हिटरलगायतका उपकरणको समेत व्यवस्था गरिएको छ । अरु बच्चासँगै राखेर उपचार गर्दा सङ्क्रमणको जोखिम हुने भएकाले छुट्टै कक्षको व्यवस्था गरिएको अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताए । यसअघि यो सुविधाका लागि पोखरा जानुपर्ने अवस्था थियो । उनका अनुसार शिशु उपचार कक्ष स्थापनाका लागि करीब साढे रु तीन लाख खर्च भएको छ ।
यसैबीच बेनी अस्पतालमा जनावरले टोकेका बिरामीलाई लगाउने एन्टिरेविज भ्याक्सिनको सेवा पनि थप गरिएको छ । यसअघि कुकुर र अन्य जनावरले टोकेर घाइते भएका बिरामीलाई एन्टिरेविजको भ्याक्सिन लगाउन पोखरा पठाउने गरिएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: