Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

जहाँ उर्लियो भिड, लिङ्ग र योनी गोरो बनाउन

एजेन्सी । थाइल्याण्डबासीमा यतिबेला एउटा विचित्रको शौक पलाएको छ । यसमा यति मानिस आकर्षित भएका छन्, जसका कारण प्रश्न उठेको छ कि के ब्युटी उद्योगले सबै हद पार गर्न लागेको हो । पुरुषको यो आकर्षण गुप्ताङ्ग (लिङ्ग) लाई गोरो बनाउने कोशिसमा बढेको हो । एसियाली मुलुकमा छालालाई गोरो बनाउने कोशिस नयाँ भने होइन, किनभने काला रङ्गको विषयमा यहाँ विचित्रको सोच छ ।

हालै जब यो विषयसँग सम्बन्धित प्रक्रियालाई अनलाइनमा हालियो तब यो भाइरल हुन केहीबेर पनि लागेन । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले यो प्रक्रियाको विषयमा चेतावनी पनि जारी गरेको छ। बीबीसी थाई सेवाले यो प्रक्रियाबाट गुज्रेका एक जनासँग गरेको कुराकानीमा उनले भने– म आफ्नो स्वीमिङ ब्रीफ्समा बढी सहज महशुस गर्न चाहन्थेँ । ३० वर्षका उक्त व्यक्ति दुई महिनाअघि पहिलोपटक यस्तो सत्रबाट गुज्रेका थिए र उनले शेडमा परिवर्तन देखेका थिए ।

यो उपचार उपलव्ध गराउने क्लिनिकको तर्फबाट जुन फेसबुक पोस्ट गरिएको छ, त्यसलाई मानिसहरुले दुई दिनमा १९ हजारपटक शेयर गरे । यो उपचारमा छालामा मेलानिन कम गरिन्छ । यो पोस्टमा उपचार कक्षको तस्वीर र पहिलो र पछिको इलस्ट्रेशन पनि छ । यो विषयमा मानिसहरु फरक फरक प्रतिक्रिया दिइरहेका छन् । केही भनिरहेका छन् कि यो आवश्यक छ ।

यहि केहीले रोजक सुझाव पनि दिइरहेका छन् । उनीहरुका अनुसार ‘यसलाई टर्चका रुपमा प्रयोग सकिन्छ, चम्कन देऊ । एक जना महिलाले आश्चर्य प्रकट गर्दै लेखेकी छन् कि उनी यसको रङ्गलाई लिएर त्यति धेरै गम्भीर कहिले पनि भइनन् बरु साइज र मूभको विषयमा चिन्ता व्यक्त गरिन् । यो सेवा दिने लेलक्स अस्पतालका मार्केटिङ म्यानेजर पोपोल तन्साकुलले भने कि उनले चार महिना पहिला महिलाहरुको गुप्ताङ्ग (योनी) गोरो बनाउने सेवा सुरु गरेका हुन् । उनले भने–मानिसहरु त्यतिबेलैबाट पेनिस व्हाइटनिङ्गका बारेमा सोध्न थालेका थिए । त्यसैले हामीले एक महिनापछि यो सेवा पनि थाल्यौ ।’ पाँच सत्रको यो पूरा प्रक्रियाको खर्च ६५० डलर छ ।

यद्यपि यो हेर्न अझै बाँकी छ कि के थाइल्याण्डका पुरुष आफ्नो गुप्ताङ्गको रंग परिवर्तनका विषयमा कति रुची देखाउँछन् । यो क्लिनिकलाई लिङ्ग र योनीको रङ्ग परिवर्तन गर्नेहरुको औषतः २०–३० जना हरेक महिनामा उपलव्ध भइरहेका छन् । केही त म्यान्मा, कम्बोडिया र हङकङबाट पनि आइरहेका छन् । पोपोलले भने–यो पुरुषहरुका बिच निकै लोकप्रिय छ, जो आफ्नो निजी अङ्गको विशेष ख्याल राख्दछन् । उनीहरु सबै क्षेत्रमा राम्रो देखिन चाहन्छन् ।

थाइल्याण्डको पब्लिक हेल्थ मिनिस्ट्रीले यो क्लिनिकको चर्चा बटुल्ने बाहना भएको प्रतिक्रिया जनाएको छ। मन्त्रालयले यो प्रक्रियाबाट गुज्रदा पीडा, निशान, जलन, सन्तान उत्पादन गर्ने र यहाँसम्म कि यौन सम्बन्ध कायम गर्न समस्या आउन सक्ने चेतावनी दिएको छ। यसका साथै उपचार रोकेपछि छालाको रङ्ग पुनः पहिलाजस्तै हुन सक्ने र त्यसमा फोहोर धब्बा पनि पर्न सक्ने जनाएको छ।

मन्त्रालयका डाक्टर थान्गजाई कीर्तिहट्याकोर्नले एउटा वक्तव्यमा भनेका छन्–लिङ्गलाई लेजर वाइटनिङग जरुरी छैन, पैसा खर्च मात्र हो, यसबाट सकारात्मकभन्दा नकारात्मक कुरा बढी हुन सक्दछ ।

विगत दश वर्षमा दक्षिण एसियामा स्किन व्हाइटनिङ्गको चलन बढ्दो थियो । लेलक्सका अनुसार ५० प्रतिशतभन्दा बढी विरामी यस्तै उपचारका लागि उनको क्लिनिकमा आउने गरेका छन् । यो चलनका आधार त्यो पम्परागत दृष्टिकोण हो, जसमा मानिस गोरो रङ्गलाई महत्व दिने गर्दछन् । बजारमा छालालाई गोरो बनाउने उत्पादन पनि भ्रममा छ र अतितमा यसको प्रचार गर्नेहरु विज्ञापनको कयौपटक विरोध पनि भइसकेको छ।

उदाहरणका रुपमा एउटा स्कीन व्हाइटनिङ क्रीमको विज्ञापनमा देखाइएको छ कि बैंककको पब्लिक ट्रान्सपोर्टमा सिटको माथि लेखिएको छ–यहाँ मात्र गोरा नागरिक बस्न पाउँछन् ।’ एउटा थाई कस्मेटिक कम्पनीले यस्तै विज्ञापन फिर्ता लिनु परेको थियो । किनभने सामाजिक सञ्जालमा यो विज्ञापनप्रति चर्को आपत्ति प्रकट भएको थियो । बीबीसी हिन्दी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending