काठमाडौं । करिब १७ घण्टाको अवधिमा भएका ७ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १२ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मको सो अवधिमा रसुवा, गुल्मी, कञ्चनपुर, काभ्रे, अछाम र संखुवासभामा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।
दुर्घटनामध्ये रसुवा कालिका गाउँपालिका-४ स्थित सडकमा बा१० च ५८२० नम्बरको जिप सडकबाट करिब सय मिटर तल त्रिशुली नदीमा खस्दा गम्भीर घाइते भएका आमाछोदिङ्मो गाउँपालिका(४ का ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षीया साहिली घले र ३५ वर्षीया मेन्दु घलेको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक समेत अन्य ५ जनालाई थप उपचारको लागि ग्रिन सीटी अस्पताल धापासी काठमाडौं रिफर गरिएको छ । दुर्घटनामा बेपत्ता भएका आमाछोदिङ्मो गाउँपालिका-४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङजेन तामाङ र २० वर्षीया त्लेतङ घले समेत ३ जनाको प्रहरीले खोजी गरिरहेको छ । उक्त जिप पोखराबाट गोल्जुङ रसुवातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।
यसैगरी गुल्मी रेसुङगा नगरपालिका--७ स्थित सडकमा लु।१ त ३३९३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्दा सहचालक मदाने गाउँपालिका-६ बस्ने २१ वर्षीय मधु नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य २ जनाको रेसुङ्गा अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका-६ स्थित सडकमा लु१ त ८८१ नम्बरको ट्याक्टर र लु।१ स २८९९ नम्बरको अटो एकआपसमा ठक्कर खाँदा अटोमा सवार सोहि नगरपालिका-२ का २८ वर्षीय भुवन पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मृतक पाण्डेको ८ वर्षीया छोरी किन्जल पाण्डेको अञ्चल अस्पताल महाकालीमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काभ्रे रोशी गाउँपालिका-६ स्थित सडकमा बा ४ ख ५२३७ नम्बरको मिनि ट्रक र बा ९५ प ७६८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार सुनसरी गढी गाउँपालिका(२ का १८ वर्षीय अमिन साफीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय नजिर साफीको मेथिनकोट अस्पताल भकुण्डेबेशीमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अछाम मेल्लेख गाउँपालिका-६ स्थित सडकमा से।२ त १२१६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोहि स्थान बस्ने डम्मर बोहराको ४ वर्षीय छोरा सुशील बोहराको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी संखुवासभा धर्मदेवी नगरपालिका-३ स्थित सडकमा रोकी राखेको ना३ ख २१३२ नम्बरको ट्रकबाट लडेर बेहोश भएका सहचालक झापा शिवसताक्षी नगरपालिका-१० का ५० वर्षीय सार्की बहादुर योङहाङ लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: