Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रदेशको गौरव आयोजनाका रुपमा अघि बढ्दै ‘उपत्यका काठ चक्रपथ’

काठमाडौं । तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाएको छ ।

‘उपत्यका काठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसैगरी केन्द्र सरकारले तीन जिल्ला जोडिने गरी ७२ किमि लामो बाहिरी चक्रपथ निर्माण अघि बढाएको छ । चालू आर्थिक वर्षमा ‘उपत्यका काठ चक्रपथ’ को विस्तृत परियोजना प्रस्ताव निर्माण गर्न रु एक करोड २० लाख छुट्याइएको छ ।

यो चक्रपथ शङ्खरापुर नगरपालिकाको कार्कीगाउँ–कागेश्वरी मनोहरा नगरपालिकाको अधिकारी गाउँ–सातघट्टे–कटुवा–पुँवारगाउँ–फुयाँलगाउँ–गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल–नयाँपाटी–पण्डितगाउँ–बालुवा–जगडोल–बूढानीलकण्ठ नगरपालिकाको चुनिखेल–चपली–बूढानीलकण्ठ–टोखा–झोर–काभ्रेस्थली–जीतपुर–पाँचमाने भञ्ज्याङ–मुड्खु भञ्ज्याङ–रानीवन–भीमढुङ्गा–रामकोट नर्सरी–पुलडोल हुँदै स्युचाटार निस्कनेछ ।

यसैगरी पुरानो नैकाप–दहचोक–थानकोट–मातातीर्थ–मच्छेगाउँ–कीर्तिपुर–बोसन–ललितपुरको खोकना–ललितघुम्ती–भक्तपुरको गुण्डु–सुडाल–तेलकोट भएर पुनःकाठमाडौँको पालुवारी–साँखु हुँदै कार्की गाउँमै जोडिने गरी अध्ययन गरिएको प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक अध्ययनअनुसार १३५ किमि काठ चक्रपथमध्ये शङ्खरापुर नगरपालिकाबाट कागेश्वरी मनोहरा नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिकासम्मको २५ किमिको विस्तृत परियोजना प्रस्ताव ९डिपिआर० तयार भएको उक्त मन्त्रालयका इञ्जिनीयर पुण्यराम सुलुले राससलाई जानकारी दिए ।

बाँकी ११० किमि बाटोका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि उनले बताए । उपत्यकाका डाँडा छुने गरी काठ क्षेत्रलाई समेटेर चक्रपथ निर्माण गर्ने योजना विसं २०४९ मा जिल्ला विकास समितिले नै अघि सारेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताए ।

“विसं २०४९ मा पहिलो जिल्ला परिषद्ले यो योजना अघि सारेको थियो । तात्कालिन जिविस सभापति चित्रबहादुर केसी, उपसभापति नारायण ढकाल र म साविकको आलापोट गाविस अध्यक्ष हुँदा नै यो चक्रपथको प्रस्ताव गरेका थियौँ, परिषद्ले पारित गरेपनि विविध कारणले यसको काम अघि बढ्न सकेको थिएन, प्रदेश सरकारले हाल यसलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाउन प्रस्ताव गरेअनुसार काम भइरहेको छ”, उनले भने ।

यो मार्गको निर्माणपछि उपत्यकाका डाँडामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पर्यटन व्यवसायी इन्द्र लामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलगायत क्षेत्रमा केबलकार निर्माण गर्न पनि काठ चक्रपथको पूर्वाधारले सहयोग पुग्ने बताए।

काठ चक्रपथ निर्माणका लागि सडकको केन्द्रबिन्दुबाट दुवैतिर पाँच÷पाँच मिटर जग्गा लिइने गरी मापदण्ड तोकिएको छ । सरकारले जग्गाको मुआब्जा तिर्न नसक्ने भएकाले जग्गा दिन नचाहने धनीको ठाउँका सडक निर्माण रोकिनेछ । यस्तो अवस्थामा प्राविधिक रुपमा सम्भव भएसम्म अर्को स्थानबाट सडक लैजाने समेत तयारी गरिएको छ ।

काठ उपत्यका चक्रपथले राजधानीमै रहेरसमेत बत्तीमुनिको अँध्यारो बनेको डाँडाकाँडा क्षेत्रको विकासमा सहयोग पु¥याउने छ । यसले यहाँका जनताको जीवनस्तर उठाउन सहयोग गर्नेछ । डेढ दशक अघिदेखि नै चर्चामा रहेको बाहिरी चक्रपथ शुरु हुन नसकेका बेला काठ उपत्यका चक्रपथ शुरु गरेर ठूला योजना अलपत्र हुनसक्नेतर्फ कसैको ध्यान नगएको केही विश्लेषणको भनाइ छ ।

बूढानीलकण्ठ जगडोलवासी त्रिलोचन पौडेल भने केन्द्रीय सरकारले बाहिरी र प्रदेश सरकारले काठ उपत्यका चक्रपथलाई प्राथमिकताका साथ अघि बढाए राजधानीमा बढ्दै गएको जनसङ्ख्याको चापलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताए । बाहिरी चक्रपथ ७२ किमी लामोे हुने जनाइएको छ ।

यसअघि चीन सरकारको सहयोगमा निर्माण भएको २८ किमिको चक्रपथ बाहिर बस्ती बढेर शहर विकास भइसकेकाले बाहिरी र काठ उपत्यका चक्रपथ राजधानी शहरमा बसाइँसराई गर्नेहरूका लागि व्यवस्थापन गर्न दूरगामी सोच हुने प्रदेशसभा सदस्य फुयाँलको ठम्याइ थियो ।

हाल नगरपालिका घोषणा गरिसकिएको काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भागका अधिकांश जग्गा खण्डीकरण भएर कतिपय ठाउँमा त धमाधम आवास निर्माण भइरहेको छ । देश सङ्घीयतामा गए पनि काठमाडौँ उपत्यकामै घरवास जोड्ने मानिसको चाहना अझै कम नभएको पाइन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending