अमेरिका । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा कम्तीमा १२ जना मारिएका छन् भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा अन्धाधुन्ध गोली चलाउन थालेका थिए।
गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।
घटना कसरी भयो ?
भर्जिनिया बीच म्युनिसिपल सेन्टरमा स्थानीय समय अनुसार शुक्रवार चार बजेपछि गोली चलेका विवरण आउन थालेका थिए।
घटना भएको क्षेत्रमा कैयौँ सरकारी भवन छन् र घटनाबारे प्रकाशमा आएपछि प्रहरीले घेरा हाली कर्मचारीहरूलाई निकालेका थिए।
गोलीकाण्ड भएको भवनमा काम गर्ने एकजना सहायक प्रशासक मेगन बान्टनले एउटा स्थानीय टेलिभिजनलाई भने, \'हामीले मान्छेहरू चिच्याउँदै, कराउँदै तल झर्न भनिरहेको सुन्यौँ।\'
अर्की एक कर्मचारीले समाचार संस्था एपीलाई बताए अनुसार उनीहरूले गोली चलेको सुने पनि घटना नजिकै भएको भन्ने लागेको थिएन।
शेइला कूकले भनिन्, \'म ईश्वरलाई धन्यवाद दिन चाहन्छु कि हामीलाई समयमै घटनाबारे जानकारी गराइयो। किनकि १० मिनेट पनि ढिलो भएको भए हामी निस्किन पाउने थिएनौँ।\'
प्रहरी प्रमुख जेम्स सेर्भेराले बन्दुकधारीले प्रहरीमाथि पनि गोली चलाएपछि जवाफी प्रहारमा आक्रमणकारी मारिएको बताए।बन्दुकधारीले एक्लै घटना गराएको प्रहरीको विश्वास छ।
पीडितबारे के थाहा छ ?
अधिकारीहरूले मारिएका ११ जनाको पहिचान अहिलेसम्म सार्वजनिक गरेका छैनन्। कम्तीमा छ जना घाइते भएको थाहा हुन आएको छ र त्यसमा एक प्रहरी अधिकारी पनि छन्।
घाइते प्रहरीको भेस्टमा एउटा गोली अड्किन पुगेकोले उनी बाँच्न सफल भएको प्रहरी प्रमुख जेम्स सेर्भेराले बताए।ह्वाइट हाउसका एकजना प्रवक्ताका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा सङ्घीय अनुसन्धान निकाय एफबीआईका अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई सघाइरहेको देखिएको थियो।
भर्जिनिया बीच सिटी भर्जिनिया राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो। त्यहाँको जनसङ्ख्या चार लाख चालीस हजार छ।
घटनाबारे प्रतिक्रिया के छ ?
भर्जिनियाका सिनेटर टिम केनले घटनाबाट आफू मर्माहत भएको भन्दै ट्विटरमा लेखेका छन्।
उनले भनेका छन्, \'मृतकका परिवारप्रति मेरो समवेदना छ र घटनामा घाइते भएकाहरूको म शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।\'
नगरप्रमुख रोबर्ट डायरले भनेका छन्, \'यो भर्जिनिया बीचको इतिहासमा सबैभन्दा धेरै स्तब्ध तुल्याउने दिन हो।\'
भर्जिनियाका गभर्नर राल्फ नोर्थमले भर्जिनिया सिटी र राज्यकै लागि एउटा ूदुखद दिनू भएको प्रतिक्रिया दिएका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: