काठमाडौँ । पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् ।
सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गर्दछ । यो सङ्ख्या बर्सेनि वृद्धि भइराखेको मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थ चुरोट, पान, गुट्खा, बिँडी, हुक्का सेवनले फोक्सोमा धेरै समस्या निम्त्याउँछ । यसले क्रोनिक अब्सक्टिभ पल्मनरी डिजिज, आज्मा, क्यान्सर तथा क्षयरोगको जोखिम गराउँछ । धूमपानका सात प्रकारका हानिकारक रसायन हुने र तीमध्ये ६९ प्रकारका क्यान्सरजन्य रसायन हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । धूमपान गर्नेले उडाएका धुवाँको असरले विशेषगरी बालबालिका तथा गर्भवती महिलाको स्वास्थ्यमा बढी असर पर्ने गर्दछ ।
सरकारले सार्वजानिकस्थलमा धूमपान गर्न निषेध गरेको छ । तर यो क्रम रोकिएको छैन । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
उनले भने, “सरकारले बर्सेनि सुर्तीजन्य पदार्थमा करका दायरा वृद्धि गरिरहेको छ । नियन्त्रणका लागि कानून कार्यान्वयन गरिरहेको छ । सेवनकर्ता कम नभएको तथ्याङ्क आएका छन् । जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम हुन्छ ।”
उपप्रधानमन्त्री यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिनेछ भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ सेवनका कारण मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगको सङ्ख्यामा वृद्धि भइराखेको बताउनुभयो । उहाँले यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक छ भन्नुभयो ।
‘सुर्तीजन्य पदार्थ होइनन्, स्वास्थ्य रोजौँ’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौँ’ भन्ने रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आफ्नो प्रदेशमा सुर्तीजन्य पदार्थले निम्त्याउने रोगका बारेमा अभियान सञ्चालन गरिरहेको जानकारी दिए।
पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले सांसद विकास कोषको रकम सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न कार्यविधि बनाउन आवश्यक रहेको बताए ।
सो अवसरमा स्वास्थ्यमन्त्री ब्लुमवर्ग जनस्वास्थ्य पुरस्कार मन्त्री पुन, सांसद अधिकारी, सहसचिव रामकृष्ण सुवेदी तथा स्वास्थ्य पत्रकार मञ्चलाई वितरण गरिएको थियो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: