Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री ओलीलाई विद्यावारिधि क्रिस्चियन धर्म प्रचारकबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेसनरएसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी (एमओयू) गरेको थियो । त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत उक्त विषय सानोठिमी क्याम्पसमा स्नातक तहमा पठनपाठन गरिएको थियो । काङ्नाम विश्वविद्यालयले पन्ध्रदेखि बीस जना विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्तिसमेत दिएको थियो ।

सहमतिअनुसार नेपालको विद्यार्थी र शिक्षकलाई कोरिया भ्रमण गराइएको थियो । काङ्नामले कोरियाका विद्यार्थी र अन्य टोलीलाई नेपाल भ्रमण पनि गराएको थियो । ‘कोरियाली टोली केही दिन काठमाडौंको औपचारिक कार्यक्रममा रहन्थ्यो,’ त्रिविका तत्कालीन विभागीय प्रमुख प्राध्यापक चन्द्ररमण पराजुली भन्छन्, ‘त्यसपछि टोली पोखरा भ्रमण गर्ने भनेर जान्थ्यो र कुनै दुर्गम गाउँ पुग्थ्यो । उनीहरूको मुख्य उद्देश्य धर्म प्रचार रहेछ भन्ने केही वर्षपछि थाहा पायौं ।’
प्राध्यापक पराजुलीले पनि विभागीय प्रमुखका रूपमा दक्षिण कोरिया भ्रमण गरेका थिए ।

‘विश्वविद्यालयका तर्फबाट एमओयू गर्ने बेला पूर्वजानकारी भएन,’ पराजुलीले भने, ‘सहमतिअनुसार विद्यार्थीले छात्रवृत्तिसहित विशेष शिक्षा विषय पढ्ने मौका पाए भन्ने मात्रै सोच्यौं । कार्यत्रम लागू भएको केही समयपछि हामी तीन जना कोरिया पुग्यौं । विभिन्न शैक्षिक संस्था घुमाइयो । आइतबारका दिन क्रिस्चियनको पूजापाठ गर्ने ठाउँमा लगियो । नेपालमा नेतृत्व गर्ने प्राध्यापक काङ स्वयं पास्टर रहेछन् । त्यो विश्वविद्यालय क्रिस्चियानिटीका निम्ति समर्पित रहेछ ।’

विश्वविद्यालयसित सहसम्बन्ध देखाएर नेपालको ग्रामीण भेग भ्रमण गर्ने काङ्नाम विश्वविद्यालयको स्वार्थ थाहा पाएपछि एमओयू तोडिएको प्राध्यापक पराजुलीले बताए । ‘कोरियाली टोली हरेक पटक पोखरा जान्थ्यो, त्यसमा पनि निश्चित गाउँ गन्तव्य हुन्थ्यो,’ अवकाश प्राप्त प्राध्यापक पराजुलीले भने, ‘त्यतिखेर विभागीय प्रमुखमै थिएँ । एक दिन कक्षामा उपस्थित हुन नसक्ने जनाउ दिएको थिएँ । कारणवश मेरो कक्षा समय नसकिँदै विभागमा पुगेँ । मेरो अनुमति नलिई अपरिचित व्यक्ति काङ्नाम विश्वविद्यालयको प्रतिनिधि भन्दै छिरेर मोटिभेसन कक्षा लिइरहेको भेटेँ । पालेले बदमासी गरेको रहेछ । मैले त्यो व्यक्तिलाई तुरुन्तै निकालिदिएँ ।’

त्यसपछि त्रिविले सन् २०१४ मा दक्षिण कोरियाको छाङहोङ नेसनल युनिभर्सिटीसित एमओयू गरी विशेष आवश्यकता शिक्षा (एसएनई) सञ्चालन गर्‍यो । सन् २०१८ सम्म अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना ९लुपिक० चल्यो । हाल त्रिविमा स्नातकोत्तर ९एमएड० र स्नातक (बीएड) तहमा विशेष शिक्षा विषय पढाइ भइरहेको छ । विद्यार्थीले छात्रवृत्तिसमेत पाएका छन् । छाङहोङ नेसनल युनिभर्सिटी कोरियामै ६ जनाले विशेष शिक्षामा विद्यावारिधि (पीएचएडी) शोध यही वर्ष पूरा गर्दै छन् ।

त्रिवि उपकुलपति तीर्थराज खनियाँले प्रधानमन्त्री ओलीलाई काङ्नाम युनिभर्सिटीले मानार्थ विद्यावारिधि दिने कुरा कार्यक्रमको दुई दिनअघि मात्र थाहा पाएको बताए । ‘काङ्नाम विश्वविद्यालय धर्म प्रचारक संस्था हो भन्ने मलाई थाहा थिएन,’ खनियाँले कान्तिपुरसित भने, ‘काङ्नामसित त्रिविले समझदारी तोड्नुको कारण मलाई थाहा छैन । त्यही विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने खबर कार्यक्रमको दुई दिनअघि मात्र थाहा पाएँ । कार्यक्रममा बाध्यतावश सहभागी हुनुपर्‍यो ।’

काङ्नाम विश्वविद्यालयको वेबसाइटमा उल्लेख भएअनुसार उक्त विश्वविद्यालय सन् १९४६ मा स्थापना भएको हो । ‘काङ्नाम विश्वविद्यालय प्राइभेट क्रिस्चियन युनिभर्सिटी हो,’ विश्वविद्यालयका प्रेसिडेन्टको भनाइ उल्लेख छ, ‘स्वर्गको पूजा र मानव जातिप्रति स्नेह गर्नु यसको उद्देश्य हो ।’ यो समाचार आजको कान्तिपुरमा छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending