Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष जसरीनै तल्लो तहमा पनि सच्याउँदै ल्याउनुपर्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को उद्घाटन गर्दै उनले महिलालाई हेला होइन, समान अवसर दिनुपर्छ भने ।

प्रधानमन्त्री ओलीले भने “महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन, त्यसका लागि समान अवसर जरुरी छ ।” उनले कार्यकारी तहमा महिलालाई पुर्याउन राज्यको नीति रहेको हुँदा अब महिलाले अवसर पाउने बताए ।

स्थानीय तहमा महिला उपाध्यक्ष धेरै रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “अब माथिकै तरिकाले राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष जसरी सच्याउँदै ल्याउनुपर्छ ।” सङ्घमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुलाई पनि उपलब्धिका रुपमा लिनुपर्नेमा उनले जोड दिए ।

उनले सरकारमा महिलाको उपस्थिति कमजोर भए पनि संसद् र संसदीय सभापतिमा महिलाको सहभागिता राम्रो रहेको स्मरण गरे ।

अहिले देशमा महिला साहित्य, चेतना, राजनीतिक परिवर्तनमा समेत अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनका निमित्त योगमायाले गरेको योगदान भुल्न नहुने उल्लेख गरे ।

महिलाको अधिकारको प्रस्ताव पारित भएको दिनको सम्झनामा सरकारले यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन शुरु गरेको हो । ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ यो दिवस यस वर्षदेखि मनाउन शुरु गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाले प्राप्त गरेको अधिकारको खुशीका उपलक्ष्यमा प्रत्येक वर्ष जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाउने सरकारकाृ निर्णयअनुसार यो दिवस मनाएको जानकारी दिए।

आमा वा बाबुमध्ये कसैका नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने कुराको सुनिश्चित गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको सुनिश्चित गर्न, विभेदकारी कानूनको खारेजी गर्न र महिलाप्रति हुने गरेको हिंसाको अन्त्य गर्ने चार उपलब्धिको खुशीका रुपमा सरकारले प्रत्येक वर्ष सो दिवस मनाएको हो ।

यी चार विषयका प्रस्ताव विसं २०६३ जेठ १६ गते पारित गर्नका लागि तत्कालीन सांसद वर्तमान राष्ट्रपति विद्यादेवी भण्डरीले संसद्मा प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावको समर्थक सांसद कमला पन्त, नवराज सुवेदी र एनपी साउद रहेका थिए । सो दिन संसद्ले उक्त प्रस्ताव पारित गरेको थियो ।

तत्कालीन सभामुख सुवास नेम्वाङले भने, “महिला अधिकारका लागि संसद्मा प्रस्तुत भएको सो प्रस्ताव पारित भएर ताली बज्दा गर्वले मेरो छाती फुलेको थियो ।” ती उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकारले आगामी आवको बजेटमा समेत व्यवस्था गरेको छ । समाजमा बोक्सीको आरोपमा निर्दोषलाई कुटपीट, घरेलु हिंसा, बलात्कार, दाइजो जस्ता दुव्र्यवहार न्यूनीकरणका लागि लैङ्गिक हिंसाविरुद्धको अभियानले सहयोग पुग्ने विश्वास गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending