Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि विद्यालयमा तालाबन्दी

गौशाला। दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ ।

पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् । सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दिनेश दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराएपछि स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थानीय नेता विक्रम चौधरीले बताए ।

सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयको शिक्षकको रूपमा आउनुभएका दासलाई विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण विद्यालयमा हाजिर हुन नदिएको नेता चौधरीले बताए । एक साताअघि विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले भोलि÷पर्सि गर्दागर्दै कुनै पनि हालतमा अब हाजिर नै नगराउने भनेपछि करीब १०० को सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएका छन् । यसरी विगत तीन दिनदेखि सो विद्यालयमा तालाबन्दी हुँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी शिक्षादीक्षाबाट वञ्चित छन् ।

दलित छात्रावास निर्माण शुरु

महोत्तरी जिल्लाकै सबैभन्दा जेठो क्याम्पसमा दलित छात्रावास निर्माण शुरु भएको छ । सदरमुकाम जलेश्वरमा अवस्थित रामनन्दन विश्वेश्वर महेन्द्र क्याम्पसमा रु एक करोडको लागतमा दलित छात्रावास निर्माण शुरु भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवेन्द्र चौधरीले बताए ।

सदरमुकामसहित वरपर ५÷७ नगरपालिका र गाउँपालिकाका हजारौं विद्यार्थी अध्ययनरत सो क्याम्पसमा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको रु एक करोडको आर्थिक सहयोगमा छात्रावास निर्माणकार्य शुरु भएको हो । सो छात्रावासमा १० अत्याधुनिक सुविधायुक्त शैक्षिकमैत्री कोठा निर्माणकार्य शुरु भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending