ललितपुर। ललितपुर महानगरपालिका वार्ड नं ५ ले वडाको मुख्य भागमा ब्रिहत् सरसफाईको साथमा जनचेतनामूलक कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाएको छ। बिहान ६:३०बजेदेखि ८:३० बजे सम्म वडाको चक्रपथमा पर्ने थसिखेल चोकदेखी चार समूहमा बाँडिएर पाटन अस्पताल लगायतका अन्य भित्री बाटाहरु हुँदै कुमारीपाटीमा पुगेर सफाईअभियान सम्पन्न गरिएको थियो।
ब्यापक जनसहभागितामा सम्पन्न यो अभियानको नेत्रित्व पहिलाझै ललितपुर चक्रपथ सफाई तथा सुन्दरता अभियानको पनि नेत्रित्व गरि आएकी प्रतिनिधि सभा सांसदपम्फा भुसालले गरेकी थिईन् भने अभियानमा ललितपुर क्षेत्र नं ३(क) का युवा प्रदेश सभा सांसद राजकाजी महर्जन, महानगरपालिका वार्ड नं ५ का वडाध्यक्ष बिकाशमान श्रेष्ठ,वडा सदस्यहरु, वडाका बिभिन्न महिला बिकाश समिति, टोल सुधार समिति, ब्रिटिश क्याम्प नेपाल, सफाई कार्यमा लागेका नेप्सेम्याक तथा बहुउद्धेश्यीय क्लिनिङ् सर्भिसजस्ता संस्थाहरु बिशेष रुपमा सक्रियतापूर्बक सहभागी थिए।
नेपाली सेना, नेपाल प्रहरीको सफाई अभियानमा पहिलेझै अत्यन्त्य सक्रिय सहभागिता थियो।
समाजका अन्य तह र तप्काका बिभिन्न महानुभाव तथा आम जनसमुदाय सहभागी सफाई अभियान सम्पन्न पस्चात आयोजित समारोहमा अभियानकी प्रमुख ब्यक्तित्वसांसद पम्फा भुसालले सम्बोधन गर्दै संघित गणतन्त्र स्थापना भएपछि निर्माण भएका राष्ट्रका तीन तहमध्ये स्थानिय सरकारले अहिले सफाई अभियानको क्षेत्रमा नेत्रित्व गर्नथालेकोमा खुस्सी ब्यक्त गरिन्। बिश्वका औद्धोगिक राष्ट्रले ७५ प्रतिशत भन्दा बढी हिस्सामा बिश्व वातावरण बिगारिरहेको कुरा स्मरण गराउँदै उनले दक्षिण एशियामा नेपालत्यस्तो एक मात्र हरियो जंगलको संरक्षणमार्फत कार्बन घटाउन लागिपरेको देश रहेको तथ्य उल्लेख गरिन्। \'हामी शहरमा आफ्नो घर र कम्पाउण्ड चिटिक्क र आकर्षक पार्छौतर गेट बाहिरको कुरामा चाहिँ मतलब गर्दैनौ।\' उनले थपिन्,\' सम्बन्धित घरमालिकले अब घर बाहिरको भागको सफाईको पनि दायित्व लिने संस्कारको बिकाश गर्नुपर्छ।\'
समारोहका अध्यक्ष तथा वडाका वडाध्यक्ष बिकाशमान श्रेष्ठले ललितपुर जिल्ला समुदायको सहभागितामा टोल टोलको सरसफाई अभियानमा काठमाडौं जिल्लालाई सन्देशदिन सक्ने स्थानमा पुगिसकेको र यसको लागी वडालाई सहयोग गर्ने सफाई कम्पनीहरु लगायत नेपाली सेना, नेपाल प्रहरी तथा सम्पूर्णप्रति आफ्नो वडा अनुग्रिही रहेकोबताए। लाखौ पर्ने घरपालुवा कुकुर पाल्न सक्ने तर त्यसको फोहोर ब्यवस्थापन घर कम्पाउण्ड भित्र गर्न लोभ गरेर बाहिर सडकपेटिमा फोहोर गराउन निकाल्ने कुरा अबललितपुरको शहरी क्षेत्रमा पनि स्विकार गर्न नसकिने कुरा उनले बताए।
अभियान अन्तर्गत वडाले आफ्नो क्षेत्रका बिभिन्न टोल सुधार समिति तथा महिला समितिलाई थुन्से, खरेटो तथा फोहोर सफाईमा आवश्यक बिभिन्न सामाग्रीहरु पनि बितरणगरेको थियो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: