Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

खानेपानी देखि चाउचाउ उद्योग सम्मलाइ मुद्दा दायर

हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट, चाउचाउ, अचारलगायत खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरु रहेको उक्त कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यालयप्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

एक महीनासम्म मनाइने खाद्य सुरक्षा दिवसका अवसरमा खाद्य स्वच्छतासम्बन्धी माइकिङ, प्रचारप्रसार, उद्योगी–व्यवसायी तथा बुद्धिजीवीहरुसँग छलफल एवं होटल र पसलहरुको अनुगमन गरिने सो अबसरमा बताइएको थियो ।

सडक निर्माण नहुँदा उद्योगलाई समस्या

पथलैया वीरगञ्ज व्यापारिक एवं औद्योगिक मार्गको सडक निर्माणमा भइरहेको ढिलाइका कारण सवारी साधन सञ्चालन गर्न नपाउँदा औद्योगिक करिडोरका उद्योग समस्यामा परेका छन् । करिडोरमा उद्योगबाट उत्पादित सामान ओसारपोसार तथा कच्चापदार्थ ढुवानीका लागि सडकबाट प्रवेश बन्द गरिएकाले समस्या भएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले भने । नेपालको मुख्य नाका वीरगञ्जबाट हुने आयात, निर्यात र औद्योगिक उत्पादनका लागि बाराको पथलैयादेखि वीरगञ्जसम्म २७ किलोमिटर छ लेनको सडक विस्तार भइरहेको छ । अहिले भइरहेको सडक निर्माणले मुख्य लेनदेखि केही किलोमिटर टाढाबाट घुमेर ढुवानी गर्नुपर्ने भएकाले उद्योगको खर्च पनि वृद्धि भएको उनको गुनासो थियो ।

मुख्य सडकसँग जोडिएको करिडोरमा कतिपय स्थानमा दर्जनाँै उद्योग सञ्चालनमा रहेका कारण छलेनको मुख्य सडकमा बार र सर्भिस लेन पछि नाला भएका कारण सडकबाट उद्योगमा गाडी जान सकेको छैन । नारायणी स्टिलका रोसिदका अनुसार उद्योग अगाडि प्रवेश मार्ग नहुँदा ठूलो समस्या भएको हो । ठेकेदार कम्पनीले भने उद्योगहरुलाई केही समस्या भए पनि छिटोभन्दा छिटो सडक निर्माण हुने जनाएको छ । सडक खनिएका कारण धुलोले स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत समस्या परेको जीतपुर सिमराका रामकुमार मण्डलले बताए ।

यसैबीच हेटौँडामा रहेको युनिलिभर उद्योगका दुई सहायक उद्योगहरु बन्द हुँदा त्यहाँ कार्यरत मजदूर समस्यामा परेका छन् । लिभरको ब्राण्डमा साबुन, सर्फ र स्याम्पुहरु उत्पादन गर्ने सहयक कम्पनी बन्द भएकाले उनीहरू आन्दोलनमा उत्रेका छन् । मजदूरहरुले आफ्नो हकहितका लागि लागि पत्रकार सम्मेलन गर्नाका साथै श्रम तथा रोजगार कार्यालयमा उजुरीसमेत गरेका छन् । उद्योग बन्द हुँदा करीब दुईसय मजदूर बिचल्ली हुने मजदूर नेताहरुले बताएका छन । बन्द उद्योगका मालिकहरुले भने युनिलिभरले नेपाली साझेदारसँग सम्झौता रद्द गरेर भारतीय उद्योगलाई उत्पादनको जिम्मा दिन लागेको आरोप लगाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies