Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

भूकम्पपछि नुवाकोटमा मानव बिक्री बढ्यो

\"nuwakot_district\"४ असार, नुवाकोट । भूकम्पपछिको अस्तव्यस्तताको फाइदा उठाउँदै मानव तस्करले नुवाकोटको ग्रामीण भेगका किशोरी तथा बालबालिकालाई बिक्रीका लागि भगाउन थालेका छन् । सार्वजनिक भएको तथ्याङ्कअनुसार नुवाकोट जिल्लाका तीनजनालाई दलालले भारतमा बिक्रीका लागि पु¥याइसकेका छन् भने पाँचजना बालिकाको काठमाडौँबाट उद्धार गरिएको छ । धर्म पुत्रपुत्री राख्ने र बालगृहमा आश्रय दिने बहानामा धेरै बालबालिका हराइरहेका छन् । भूकम्पपछि विभिन्न ठाउँबाट उद्धार गरिएका ४०० बालबालिकामध्ये २१५ जना हराइरहेका छन् । यी बेचिएका हुनसक्ने प्रहरी तथा केन्द्रीय बालकल्याण समितिको आशङ्का छ । त्यसमा नुवाकोटका बालिका पनि अधिकांश रहेको मानव बिक्रीविरुद्धको अभियानमा सक्रिय सामाजिक संस्था कार्नेट नेपालको नुवाकोट क्लस्टरका टिमलिडर पुरुषोत्तम डोटेलले बताएका छन् । उनका अनुसार गाउँगाउँमा सहयोग र राम्रो रोजगारीको प्रलोभन दिएर बालिका तथा युवती भगाउनेको सक्रियता बढेको छ । विशेषगरी नुवाकोटको दुर्गम क्षेत्र र तामाङ बसोबास रहेको गाउँमा मानव तस्करको सक्रियता रहेको डोटेलले बताएका छन् । वैशाख १२ को भूकम्पयता सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बइका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेपछि भूकम्पमा परिवार र घरबार गुमाएका किशोरी र युवतीलाई मानव तस्करले सहजै सीमा कटाएको पुष्टि भएको हो । भुइँचालोपछि नुवाकोटको शिखरबेंशी गाउँ विकास समितिबाट तीनजना किशोरी हराएका छन् । दुई साताअघि घरबाट हराएका १६ वर्षीया दुई जना र १८ वर्र्षीया एक जनालाई मानव तस्करले भारतमा बिक्रीका लागि पु¥याइसकेको अनुमान गरिएको छ । हराएकामध्ये तामाङ समुदायका तीन किशोरीमा एक जना विवाहित र दुई जना अविवाहित रहेका छन् । शिखरबेंशी गाउँ विकास समिति वडा नं ८ सेराङका हस्तबहादुर तामाङ आफ्नो छोरी, भाइको छोरी र छिमेकीको बुहारी हराएको बताउँछन् । उनले हराएकाको खोजीकार्य स्थानीयस्तरमा व्यापक पारेपनि पत्तो लाग्न नसकेको बताए । शिखरबेंशीबाट हराएका किशोरीको जानकारी बाहिर आएपनि थुप्रै गाउँका घटना अझै बाहिर आइसकेका छैनन् । दुई साताअघिमात्रै नुवाकोटबाट बिक्रीका लागि हिँडाइएका पाँचजना बालिकाको काठमाडौँको थानकोट नाकाबाट उद्धार गरिएको थियो । नुवाकोट क्षेत्र नं २ का विभिन्न गाउँ विकास समितिका ती बालिकालाई भारत लैजाँदै गर्दा बसबाट नाकामा उद्धार गरिएको र उनीहरु अहिले संरक्षणमा रहेको जिल्ला बालकल्याण समिति नुवाकोटकी बाल अधिकार अधिकृत अनिता थापा बताउँछन्  । झन्डै ५० वर्षदेखि मानव बेचविखनजस्तो जघन्य अपराध हुँदै आएको नुवाकोटमा पछिल्ला वर्षमा तुलनात्मक रुपमा कमी आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटको रेकर्डले देखाएको छ तर यो प्राकृतिक विपत्तिपछि समुदायमा आएको उथलपुथलका कारण फेरि समस्या सुरु भएको छ । यसरी प्रभावकारी ढङ्गबाट नियन्त्रणमा आउन नसकेको अपराध न्यूनीकरण हुनेमा शङ्का उठ्न थालेको छ । यसप्रकारको मानवीय विपत्तिमा बढ्ने आपराधिक कार्य नियन्त्रणका लागि सचेतनामात्र नभई गाँस, बाँस र कपासको सुनिश्चतता हुनु जरुरी रहेको टिम लिडर डोटेलको तर्क रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending