Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

चितवनमा सय वटा गाई वितरण

चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि वितरण गरिएको छ ।

शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मङ्गलपुरमा १५ र राप्तिको पिप्लेमा १० गाई वितरण गरिएको हो । वन्यजन्तुको आक्रमण र बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई गाई र मल बीउ पनि वितरण गरिएको हो ।

माडीका सबै क्षेत्रसँगै भरतपुरको जगतपुरमा रेडक्रस ग्राम र मङ्गलपुरको नारायणी तटीय क्षेत्रमा गाई वितरण गरिएको उनले बताए । पिप्लेमा पनि बाढीबाट प्रभावित भएकालाई प्राथमिकता दिएर गाई वितरण गरिएको थियो । सभापति न्यौपानेका अनुसार एउटा गाई खरीदका लागि कृषकलाई रु ५५ हजार उपलब्ध गराइएको थियो ।

एक छाकमा कम्तिमा पाँच लिटर दूध दिने र दुई बेतभन्दा बढी नब्याएका गाई स्वयं कृषकलाई नै खरीद गर्न लगाइएको र उनीहरूले रू ५५ हजारदेखि रू एक लाख दुई हजारसम्मका गाई खरीद गरेका उहाँले बताउनुभयो । नपुग रकम कृषक आफँैले थप गरेर गाई किनेका हुन् ।

रेडक्रसको सम्बन्धित उपशाखा प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा कृषक छनोट गरिएको हो । छनोट गर्दा गरीब र काममा जाँगरिला कृषक छनोट गरिएको सोसाइटीले जनाएको छ । ती गाईको बीमासमेत गरिएको छ । यसैगरी पिप्ले बाहेकका गाई वितरण गरिएका तीन क्षेत्रका ६०० परिवारलाई सोसाइटीले मकैको बीउ र मल वितरण गरेको थियो ।

एक परिवारलाई पाँच किलोग्राम रामपुर कम्पोजिट मकैको बीउ र पाँच÷पाँच किलोग्राम डिएपी र युरिया मल वितरण गरिएको थियोे । कृषकलाई गाई, बीउ र मल दिनुअघि र पछि तालीमसमेत दिइएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies