रूपन्देहि । प्रधानमन्त्री केपी शर्मा ओली २५६३ औँ बुद्धपूर्णिमाको अवसरमा रुपन्देहीको लुम्बिनीस्थित नयाँ लुम्बिनीग्राममा शनिबार वृक्षरोपण गरेका छन।
ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । २५६३औंँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आज आयोजित भिक्षुभिक्षुणीलाई सङ्घ दान गर्ने कार्यक्रमको अवसरमा उनले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।
“विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासले सार्थक रुप लिँदै गएका छन्”, उनले भने, “यो वर्षदेखि योजनाबद्ध ढङ्गले सरकार अघि बढेको छ, लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ ।” प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मुलुकसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधि बढाउँदै लग्ने प्रतिबद्धता जनाए । थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।
बिहानैदेखि प्रधानमन्त्री व्यस्त
२५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आउनुभएका प्रधानमन्क्री ओली आज बिहानैदेखि कार्यत्रममा व्यस्त भए । बिहान उनले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गर्नुभयो । लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ बिरुवा रोपिनेछ ।
बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो । वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति र्यालीमा सहभागी भए । शान्तिदीपमा उहाँले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरे ।
त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षुभिक्षुणीलाई सङ्घ दान गर्नुभयो । उहाँले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा गरे । विहारमा प्रधानमन्त्रीले १५० भिक्षुभिक्षुणीलाई चिवर दान, अष्ठपरिस्कार दान र भोजन दान षरे। त्यसलगत्तै प्रधानमन्त्री ओली ुलुम्बिनी भ्रमणवर्ष शुभारम्भ तथा बुद्धपूर्णिमाको मूल समारोहमा सहभागी भए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: