काठमाडौं । वाईसियल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले देशको विकास र समृद्धि गर्न अरबबाट युवाहरु भित्र्याउनु पर्ने बताएका छन् । युवा संघको स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दिपशिखाले देश समृद्ध बनाउन खाडीका युवाहरु नेपालमा ल्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
उनले देशलाई समृद्धि तर्फ लैजान अरबका युवा नेपाल ल्याउनुपर्ने बताए । उनले भने, ‘विश्वमै सबैभन्दा बढि जनमत भएको पार्टीसँग युवाहरुको अपेक्षा भनेको अबको ५ वर्षमा युवाहरु बाहिर पठाउने होइन् यो देशको विकास र समृद्धिको लागि अरबबाट नेपाल यूवा ल्याउन सकियोस् । खाडीका युवाहरु नेपालमा ल्याउने व्यवस्था गरियोस्, हामी त्यो चाहन्छौं ।’
अध्यक्ष दिपशिखाले यूवाहरु विदेश जानुको मुख्य कारक दलाल अर्थतन्त्र भएको बताएका छन् । उनले दलाल अर्थतन्त्रलाई समाप्त नगरी यूवाहरुको भविष्य सुनिश्चित नहुने बताए । उनले कृषि क्षेत्रमा देखिएको दलाल अर्थव्यवस्थाले युवाहरुलाई विदेशिन बाध्य पारेको समेत प्रष्ट्याए ।
उनले भने, ‘कृषकले १० रुपियाँ केजीमा उत्पादन गरेको बन्दा उपभोक्ताले ४० रुपियाँमा किनेर खाएको छ ।’ दिपशिखाले २० रुपियाँ सिधै खाने विचौलियालाई किन कारबाही नगरेको भनि सरकारलाई प्रश्न गरेका छन् । ‘१० रुपियाँमा उत्पादन भएको बन्दा ४० रुपियाँमा कृषकले किनेर खान्छ । २० को २० कहाँ गयो ? तिनलाई समात्ने कि नसमात्ने ? म हाम्रो पार्टी, हाम्रो नेतृत्वलाई प्रश्न गर्न चाहन्छु । कालीमाटीका दलालहरुलाई समात्न यो सरकार तयार छ कि छैन् ?’
उनले बन्दाको मुल्यको पछाडि यूवाहरु विदेश जानुको बाध्यता जोडिएको उल्लेख गरे । ‘तपाईंहरुलाई लाग्ला बन्दाको कुरा किन गरेको ? युवा विदेश जानुको पछाडि बन्दाको मुल्यको आधार छ, खै बुझेको ?’
उनले कम्युनिष्टहरु सत्तामा पुगेपछि कौशलता प्रदर्शन गर्न नसकेको समेत टिप्पणी गरेका छन् । विश्वमै कम्युनिष्ट आन्दोलनमा देखिएको यो समस्या हल गर्न नेकपा नेतृत्वलाई समेत दिपशिखाले आग्रह गरे । ‘जब कम्युनिष्टहरु सत्तामा पुग्छन्, जब जनतालाई शासन गर्ने तथा अधिकार दिने ठाउँमा पुग्छन् त्यतिबेला कम्युनिष्टहरुले कौशलता प्रदर्शन गर्न सकिरहेका छैनन् भनेर प्रश्न उठिरहेको छ ।’
‘हामी यूवाहरुले के–के सहयोग गर्नुपर्छ, सहयोग गर्न तयार छौं । कहाँ कहाँ त्याग गर्नुपर्छ त्याग गर्न तयार छौं । हामीले भनेको समाजवाद, हामीले भनेको सत्ता कस्तो हो ?’ उनले प्रश्न गरे । अहिले पनि सरकारी निकायमा भ्रष्टचार व्याप्त भैरहेको भन्दै दिपशिखाले कम्युनिष्ट सरकारले अरुले भन्दा फरक गर्न नसकेको भन्दै प्रश्न गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: