काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उनलाई शुभकामना दिएकि छिन् । राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उनको दीर्घायु तगा सुस्वास्थ्यको कामना गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गरिन् ।
पत्रमा भनिएको छ, “तपाईँले विगत आठ दशकभन्दा बढी समयदेखि नेपाली वाङ्मयको उन्नयनमा सतत क्रियाशील रहँदै लोकसंस्कृति र साहित्यको अध्ययन अनुसन्धानमा सम्पूर्ण जीवन समर्पित गरेका छन्। तपाईँको सुदीर्घ ज्ञानसाधनाले नेपाली साहित्य तथा सांस्कृतिक भण्डारलाई समृद्ध तुल्याएको छ ।
तपार्इँले हामीलाई मित्रराष्ट्र चीनसँग जोड्ने नेपाली कलाकार विभूति अरनिको खोज गरेर गुन लगाउनुभएको छ । त्यसैगरी हाम्रो कर्णाली सभ्यता र नेपालीभाषाको उद्गम थलो सिंजाको महत्व उजागर गरेर हाम्रो ज्ञान भण्डारलाई धनी तुल्याउनुभएको छ । नेपालभाषा साहित्यको श्रीवृद्धिमा तपाईँको उल्लेखनीय देन रहिआएको छ । तपार्इँजस्ता दीर्घसेवी व्यक्तित्व सय वर्ष प्रवेश गर्नुभएको उपलक्ष्यमा दीर्घायु तथा सुस्वास्थ्यको मङ्गलमय कामना गर्न पाउँदा म हर्षित छु ।”
राष्ट्रपतिले पठाएको सगुन र दोसल्ला पनि जोशीले ग्रहण गरे । जोशीले आफूले जीवनमा यस्तो सौभाग्य कहिल्यै पाउँछु होला भनेर नसोचेको बताए । “मलाई थप बाँच्ने ऊर्जा बढेको छ”, जोशीले भने, “आज म अन्य दिनभन्दा निकै खुशी भएको छु ।”
जोशीलाई शुभकामना दिन सहभागी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महान् व्यक्तिलाई जीवित छँदै सम्मान गर्नुपर्ने बताए । “उनको आयु थप्न सम्मान गरेका हौँ”, महर्जनले भने।” लमपा– १२ का वडाध्यक्ष नारायणलाल अवालले नेवार समुदायमा ९९ वर्ष नौ महिना नौ पल नौ दिनमा जंकु गर्ने चलन रहने पनि जोशी समुदायले जंकु नगर्ने हुँदा जोशीको एक सय वर्ष जन्मजयन्तीको अवसर पारी सम्मान गरिएको बताए ।
अवालेअनुसार महानगरपालिकाले जोशीको सम्मानमा १५१ जनाको मूल समारोह समिति गठन गरेको छ । ज्यापू समाजका ४० र बौद्ध विहारका १८ जनासहितको टोलीले बाजागाजासहित आज महानगर परिक्रमा गर्ने भएका छन् ।
योगी नरहरिनाथ ट्रष्टका अध्यक्ष शङ्कर पौडेलले जोशीले नेपाली कला र परम्पराको सम्मान गर्दै नेपालाई अन्य मुलुकमा चिनाउन सफल भएकाले उहाँको कदरस्वरुप संस्थाले अभिनन्दनपत्र प्रदान गरेको जानकारी दिए । बौद्धधर्म संस्कृति संरक्षण सङ्घका अध्यक्ष अमित लामा तामाङले जोशीले एक सय वर्षमा अनवरत रुपमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले जोशी राष्ट्रिय विभूतिसरह योगदान पु¥याउने व्यक्तित्व भएको उल्लेख गरे । जोशीको शतवार्षिकीका उपलक्ष्यमा लमपामा विभिन्न कार्यक्रम हुँदैछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: