काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले सिमित स्रोत र साधनबीच जनआकांक्षालाई सम्बोधन गर्ने चुनौति सरकारका निमित्त महत्वपूर्ण रहेको बताएका छन् । सोमबार संसदमा प्रि–बजेटमाथि भनाई राख्दै पौडेलले आर्थिक बृद्धिदरको लक्ष्य लिइरहँदा देखिएको चुनौतिलाई समाधान कसरी हुन्छ भनि प्रश्न गरेका हुन् ।
उनले अर्थमन्त्री युवराज खतिवडालाई हेर्दे भने, ‘सिमित स्रोत र साधनबीच जनआकांक्षलाई कसरी सन्तुलनमा ल्याउनुहुन्छ ?अर्थमन्त्री ज्यू !’ स्रोत र साधन सिमित भएको अवस्थामा जनआकांक्षा असिमित भएको भन्दै त्यसमा सन्तुलन कायम गर्नु सरकारको दायित्व रहेको पौडेलको भनाई छ ।
पौडेलले विनियोजित बजेट कार्यान्वयमा चुनौति रहेको भन्दै अर्थमन्त्री सामु प्रश्नै प्रश्न तेर्साए । उनले भने, ‘उत्पादन बृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात बृद्धिकाे सुनिश्चित गर्ने कसरी ? यो सिमित स्रोत साधनलाई कसरी परिचालित गर्ने ? जनशक्तिलाई परिचालन गर्दै उत्पादन बृद्धिको सुनिश्चित गर्ने कसरी ? राष्ट्रिय पूजीँको विकासको सुनिश्चितता गर्ने कसरी ? रोजगारी, आयात प्रतिस्थापन, निर्यात बृद्धि जस्ता प्रश्नमा अनुकल प्रतिफलता प्राप्त कसरी गर्ने ?’
नीति कार्यक्रमले भनेझैं आगामी आर्थिक वर्षलाई इतिहासकै तिव्र आर्थिक विकासको वर्ष कसरी बनाउने भनि पाैडेलले अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । उनले भने,‘ स्वभावैले मन्त्री ज्यूले विनियोजित विधेयक २०७६को सिद्धान्त र प्राथमिकता सन्दर्भमा बोलरहँदा सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम अनुसरण गर्ने, त्यसबाट निर्देशित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यो नीति र कार्यक्रमले अघि सारेको प्रतिबद्धता कार्यान्वयन हुने कसरी ?’
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले पुँजीगत खर्च अपेक्षित मात्रामा नहुने र विकासका प्रतिफलहरु अनुकुल ढंगले प्रकाशित नहुने समस्या रहेको बताए । योजनाहरुको निकै लामो सूची भएको भन्दै पौडेलले वर्षोंदेखि सुरु भएका योजनाहरु कहिले सम्पन्न हुन्छन् भनेर भन्न सकिने अवस्था नभएको उल्लेख गरे ।
उनले विकास प्रयासमा जनप्रतिनिधिहरुको भूमिकालाई स्थापित गर्न जरुरी रहेको भन्दै विकास र जनप्रतिनिधि एक अर्कासँग आवद्ध हुने वातावरण तयार गर्न सरकारलाई सुझाएका छन् । प्रस्तावित लागतमा समयमै र गुणस्तरीय रुपमा विकासका आयोजनाहरु सम्पन्न नहुने गरेको परिस्थितिमा अर्थमन्त्रीलाई त्यता तर्फ विशेष ध्यान दिन पौडेलले सुझाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: