झापा । झापाको भद्रपुर नगरपालिकामा पहिलोपटक शरीर दान गर्ने उदयदेव शर्मा आचार्यको शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई आज हस्तान्तरण गरिएको छ ।
भद्रपुर–१० स्थित चन्द्रगढी निवासी ६९ वर्षीय आचार्यको निधनपछि उनको अन्तिम इच्छाअनुसार दाहसंस्कार नगरी प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यको आज बिहान ४।३० बजे हृदयघातका कारण निधन भएको कान्छा छोरा राजकुमार आचार्यले जानकारी दिए ।
आचार्यले विसं २०६५ मा आफ्नो शरीर प्रतिष्ठानलाई दान गरेका थिए । विसं २००७ असोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत छन् । उनी वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, बाह्मण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ–संस्थामा आवद्ध रहेका थिए ।
आचार्यले सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारविरूद्ध जागरण अभियान समेत चलाउँदै आएका थिए । आचार्यका दुई श्रीमती, तीन जना छोरा र एक छोरी रहेका छन् । आचार्यको शवको अन्त्येष्टि नगरिए पनि धार्मिक विधि–परम्पराअनुसार काज–किरिया गरिने कान्छा छोरा राजकुमारले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: