काठमाडौं । महिला केन्द्रित, प्रबिधि केन्द्रित तथा पर्यटन संस्करण मा भएका ६ दिनको व्यवसायिक कार्यक्रम- उद्यमी सीड क्याम्पको सफलतापुर्वक सम्पन्न भए लगत्तै यस वर्ष नबिल ब्यांकको सहयोगमा, उद्यमी इनोभेसन्स प्रालिले उद्यमशीलता मा इछ्युक र उद्यमी बन्न चाहाना राख्नेहरुको निमित्त नबिल नारि उद्यमी सीड क्याम्प आयोजना गर्न गईरहेको छ।
नबिल नारी उद्यमी सीड-क्याम्प- एउटा उध्यमशिलता सम्बन्धि ६ दिने कार्यक्रम हो, जहाँ उद्यमी बन्न चाहाना राख्नु सुकै व्यवसायिक सोचलाई निखार्न,व्यवसायिक योजना तयार गर्न, दक्ष विशेषज्ञहरु बाट सिक्न, प्रारम्भिक लगानी आकर्षित गर्न, बजार सम्भावना नियाल्न, व्यवसायिक संजाल बढाउन र आफ्नो व्यवसायको सुरुवात गर्न आउँदछन् । नबिल नारि उद्यमी सीड-क्याम्प आयोजना गर्नुको मुल उद्धेश्य- भिन्न तथा नविनतम व्यावसायिक बिचारलाई सहयोग गरि व्यावसायिक संजाल अभिवृति गर्नुका साथै नेपालमा महिला उद्यमीको विकास गर्नु हाे ।
हिजो भएको प्रेस बिज्ञप्तिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो व्यवसायिक सोचमा सहभागी २- ४ जनाको टोलीले जसमा कम्तिमा १ जना महिलाको सहभागी हुनु पर्ने र कुनै पनि स्तरमा अभिनव व्यवसायिक बिचार रहेको हुनु पर्ने यस संस्करणको मापदण्ड रहेको जानकारी दिए।
सो कार्यक्रममा निर्धारित चयन प्रक्रियाबाट छनोट भएका २० टोलि ६ दिन सम्म दछ्य प्रसिछ्यकले निर्देशन गर्नेछन । सो सहभागीहरु कार्यक्रमको छैटौं दिन, 'पिच डे' मा आफ्नो व्यापारिक विचारलाई लगानीकर्ताहरू र अन्य शेयरधारकहरू समक्छ्य व्यवसाय सुरुवात गर्न आवश्यक पर्ने लगानी प्राप्तको निमित्त प्रस्तुत गर्नेछन् । सो कार्यक्रमपछि सहभागीहरु १ महिना आफ्नो व्यवसायिक बिचारमा पूर्णरुपमा काम गर्नेछन र काठमाडौंमा आयोजित हुने ठूलो- र फरक ढंगको लगानी प्राप्त गर्ने कार्यक्रम 'डेमो डे' मा प्रस्तुत गर्नेछन्।
तपाईंपनि आफ्नो व्यावसायिक सोचलाइ व्यवसायमा बदल्न चाहनुहुन्छ भने, उद्यमी इनोवेशनको website www.udhyamiseedcamp.com/apply मा गएर जेष्ठ २६ भित्र आवेदन दिन सक्नुहुन्छ।
प्रतिकृया लेख्नुहोस्: