काठमाडौं । दैत्यको गुरुको रुपमा मानिने शुक्राचार्य महान ज्ञानीका साथ–साथ एक राम्रो नीतिकार पनि थिए । शुक्राचार्यले बताएको कतिपय नीतिहरु आजको समयमा पनि एकदमै महत्वपूर्ण छ ।
शुक्र नीतिमा शुक्रचार्यले ८ यस्तो कुरा बताएका छन् । यदि मानिसले आफुसँग जोडिएको यी ८ कुरा कसैलाई भन्यो भने उसको लागि यो नोक्सान हुन सक्छ । जानौं के हो त्यो ८ गोप्य राख्नुपर्ने कुरा :
आफ्नो मन्त्र
कोही मानिस भगवानको कृपा पाउनको लागि हरेक दिन पूजा–पाठ गर्ने गर्छन् । यस्तोमा तपाई जुन मन्त्रको जप गर्नुपर्छ त्यो मन्त्र कसैलाई पनि नभन्नु होला । भनिन्छ कि मानिसको अपनी पुजा–पाठ तथा मन्त्रको गुप्त राख्नुपर्छ । त्यसबाट नै व्यक्तिले पुण्य कर्मको फल पाउँदछ ।
आफ्नो धन
तपाईं जुनसुकै सुख सुविधा या समस्यामै भएपनि आफ्नो धन या सम्पत्तिको बारेमा कसैलाई पनि भन्नु हुँदैन । तपाईंको धन सम्पत्तिको बारेमा जति थोरै मानिसलाई जानकारी हुन्छ उति नै तपाईंलाई फाइदा हुन्छ । नत्र कोही धनको लालचमा तपाईंलाई समस्या पार्न सक्छन् । अनि कतिपयले तपाईं कमजोर देखेर व्यवहार नगर्न सक्छन् ।
आफ्नो उमेर
भनिन्छ मानिसले आफ्नो उमेर कसैलाई भन्नु हुँदैन । उमेरको जति गुप्त राखिन्छ उति नै राम्रो हुने मानिन्छ । तपाईंको उमेर थाहा पाएर कतिपय पिवरोधी त्यसको फरक फाइदा समेत लिन सक्छन् ।
आफ्नो औषधी र डाक्टर
चिकित्सक या डाक्टर यस्तो मान्छे हो जो तपाईंको स्वास्थ्यसँग सम्बन्धित सबै कुरामा जानकार हुन्छ । यस्तो अवस्थामा तपाईंको दुश्मन या तपाईंको नराम्रो चाहने चिकित्सक या औषधीको मद्दतबाट तपाईंलाई समस्यामा पार्न सक्छन् । यसैले आफ्नो चिकित्सक या औषधीको बारेमा कसैलाई जानकारी नगराउनु ।
पति–पत्नीसँगको सम्बन्ध
पति–पत्नीबीचको सम्बन्धको बारेमा कसैलाई नभन्नु नै राम्रो हुन्छ । यदि पति–पत्नीबीचको निजी कुरा तेस्रो व्यक्तिलाई थाहा भयो भने त्यसले तपाईंलाई समस्या पार्न सक्छ । साथै तपाईंलाई सर्मनाक अवस्थामा पनि पुर्याउन सक्छ । पति–पत्नीबीचको सम्बन्धमा पनि दरार आउन सक्छ ।
आफुले गरेको दान
दान यस्तो पुण्य काम हो जसको गुप्त राखे नै त्यसबाट फल प्राप्त हुन्छ । जो मानिस दोस्रोबाट तारीफ पाउनको लागि आफुँले गरेको दानपुण्यबारे बताउँछ, धार्मिक शास्त्र अनुसार उसले गरेको सबै पुण्य नास हुन्छ ।
आफुलाई भएको अपमान
मानिसले यदि अपमानको सामना गर्न पर्यो भने त्यो कुरालाई सबैबाट लुकाउनु पर्दछ । यो कुरा दोस्रोलाई बताउँदा आफ्नो लागि नोक्सान हुनसक्छ । दोस्रोलाई थाहा हुँदा उसले पनि तपाईंलाई सम्मान गर्न छोड्न सक्छ या तपाईको हाँसो गर्न सक्छ ।
घरको कुरा
घरको झगडा तथा आपसी मन–मुटावको कुरा कसैलाई भन्नु हुँदैन । तपाईंको घरको कमजोरीबाट जोकोही पनि फाइदा उठाउन सक्छ । यसकारण तपाईंका घरको आन्तरिक कुरा कसैलाई नभन्नु नै महत्वपूर्ण हुन्छ । यदि बाहिर भन्नुभयो भने तपाईंको परिवारको प्रतिष्ठा मात्रै घट्दैन त्यसबाट अरुले फाइदा पनि लिन सक्छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: