भक्तपुर । सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ ।
संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको एक वर्षमा एक सय भन्दा बढीको उद्धार गरेको जानकारी दिए ।
समाजले अशक्त, अनाथ, मानसिक सन्तुलन गुमाएका महिला र बालबालिका तथा ज्येष्ठ नागरिकलाई सडकबाट उद्धार गरी सामूहिक घरमा राख्ने र पालनपोषण गर्दै आएको एक वर्ष पुगेको छ । सो अवधिमा भक्तपुरसहित काठमाडौँ, ललितपुर र काभ्रेका गरी सयभन्दा बढीको सडकबाट उद्धार गरी ४० जनालाई परिवारसँग पुनःमिलन गराएको अध्यक्ष चौलागार्इंले जानकारी दिए ।
उद्धार गरिएकामध्ये १५ जना युवाको जीवन परिवर्तन गरी आत्मनिर्भर बनेर स्वेच्छाको जीवन बाँचेका र एक वर्षमा पाँच जनाले भने सेवा घरमै देहत्याग गरेको उनले जानकारी दिए । हाल समाजको सेवा घरमा ४० बालबालिका, महिला, अशक्त र अपाङ्गता रहेका छन् । जसमध्ये बालबालिका नौ, बोल्न नसक्ने चार, दुवै गोडा नभएको एक, दुवै आँखा नदेख्ने एक, पक्षघातका बिरामी दुई, सुस्तमनस्थिति भएका दुई, सामान्य अवस्थाका तीन र मनरोगी १९ जना रहेका छन् ।
बेवारिसे मानवमुक्त भक्तपुर बनाउने उद्देश्यसहित आफूहरुले अभियानकै रुपमा मानव उद्धार र सहयोग गर्दै आएको संस्थालाई सामाजिकभाव भएका व्यक्ति र संस्थाले सहयोग गर्दै आएको र कुनै पनि विदेशी सङ्घ संस्था र सरकारी सहयोगबिना नै स्वतस्फूर्त आउने दाताबाटै संस्था सञ्चालन भइरहेको छ ।
संस्थाले भाडाको घरमा पारिवारिक वातावरण सिर्जना गरी मानवसेवा गर्दै आएको छ । घरभाडामा मात्रै रु ४५ हजार मासिकखर्च भइरहेको, बालबालिका, महिला र ज्येष्ठ नागरिकको खाना, नाना, छाना, स्वास्थ्य, सुरक्षा र शिक्षाको लागि मासिक दुई लाख ५० हजार खर्च भइरहेको अध्यक्ष चौलागार्इंले बताए ।
समाजले वैशाख १८ गतेदेखि सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । गैरसरकारी संस्था महासङ्घ भक्तपुरले यसवर्षको उत्कृष्ट संस्थाको रुपमा नगद रु १० हजारसहित पुरस्कृत गरेको यो समाजलाई सरकारले जग्गा उपलब्ध गराए सडक मानवमुक्त बनाउने अभियान पूर्ण रुपमा सफल पार्न सकिने चौलागार्इंको भनाइ थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: