मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्। रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ।
रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्।
स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ।
एकजना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु चमत्कारु भएको बताए। ठूलो आगलागी र आपत्कालीन अवतरणको कारण अस्पष्ट नै छ।
उक्त जहाज सुखोइ सुपरजेट-१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क सहरको निम्ति उड्ने तालिका रहेको बताइएको छ।
समाचार संस्था इन्टरफ्याक्सका अनुसार मस्कोको शेरमियतएभो विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्कालीन सङ्केत जारी गरेका थिए।
तर आपत्कालीन अवतरणको पहिलो प्रयास विफल भएको पनि समाचारहरूमा जनाइएको छ।
फ्लाइटरेडार २४ वेबसाइटका अनुसार विमान उडेको करिब आधा घण्टामा आपत्कालीन अवतरण भएको थियो।
धावनमार्गमै आगो
रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले प्राविधिक कारणहरूले गर्दा जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ।
उसको विज्ञप्तिमा आपत्कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ।
चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ।
संक्षिप्त विज्ञप्तिमा अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको उल्लख छ तर घटनाको सिलसिलाको यथार्थ स्पष्ट पारिएको छैन।
मिखाइल सेभचेन्कोले धावनमार्गमा विमानलाई आगोले छोप्दा आफू विमानभित्र रहेको र हाम फाल्न सफल भएको दाबी गरेका छन्।
इथियोपियन एअरलाइन्सका चालकले ुविमान दुर्घटना रोक्न प्रयास गरेका थिएु
इथियोपिया विमान दुर्घटना हुनुअघि चिच्याएर चालकले यसो भने।।।
उनले जलिरहेको विमानबाट यात्रुहरू दौडेर भागिरहेको भिडिओ पोस्ट गरेका छन् र आफू जीवित र ठीकठाक रहेको उल्लेख गरेका छन्।
गायक क्रिस्तियान कोस्तोफले घटना प्रत्यक्ष रूपमा देखेको समाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उनले जहाजलाई पूर्ण रूपमा आगोले छोपेको देखेपछि विमानस्थलमा मानिसहरू डरले काँपिरहेको र अन्य उडानहरू नभएको जनाएका छन्।
अर्का प्रत्यक्षदर्शी प्याट्रिक होर्ल्चरले बीबीसीलाई बताए अनुसार आगोको लप्काले जहाज ध्वस्त भइरहेको दृष्य हेर्दै डरलाग्दो थियो।
समाचार अनुसार घटनाको अनुसन्धान शुरू गरिएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: