Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

सन्तानले नहेरेका आमाको औँशी

काठमाडौं । आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहनुभएको देखिन्थ्यो ।

देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना सन्तानको खोजी गरिरहेको महसुस हुन्थ्यो । ती आमाहरुका लागि खान र बस्न कुनै समस्या भने छैन । आफ्ना सन्तान भएर पनि नभएर पनि आश्रित हुन पुगेका आमा यस्ता चाडपर्वमा निकै नरमाइलो मान्ने गर्दछन् ।

आश्रम हेर्दै आउनुभएका देवघाट क्षेत्र विकास समितिका कर्मचारी ढकराज कोइराला चाडपर्वका बेला बाआमा दुवैले सन्तानको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताउनुहुन्छ । पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि वृद्धवृद्धाले आफन्तको सम्झनामा मुख निन्याउरो गरेको पाइन्छ ।

त्यहाँ रहेका कतिपयको सन्तान भएर पनि बेवास्ता गर्दा आश्रमसम्म आइपुगेका छन् भने कतिपयका आफ्ना सन्तान छैनन् । सन्तान भएका वृद्धा घरबाट आमाको मुख हेर्न आउँछन्की भन्ने ठूलो आशामा रहेका हुन्छन् तर कोही नआएपछि उनीहरु निराश हुने गरेको कोइराला बताउछन. ।

त्यहाँ आश्रित भरतपुर महानगरपालिका–११ घर भएकी ८३ वर्षीया शिवकुमारी शर्माले आफ्नो वेदना गीतको भाकामा सुनाइन् ।

‘सेरोफेरो केही छैन मेरो 
जता हे¥यो उतै छ अधेरो’

शर्मा तनहुँको देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा विगत पाँच वर्षदेखि बसोवास गर्दै आएकि छिन् । आज मातातीर्थ औँशी ९आमाको मुख हेर्ने दिन० शहर बजारमा सबैका घरघरमा छोराछोरीले आमालाई मीठो मसिनो खुवाएर खुशीका साथ राखी रहेका छन् तर देवघाटमा रहेका आफूजस्ता वृद्धालाई के चाडपर्व के मीठो मसिनो उहाँले प्रश्न गर्नुभयो । “ यहाँ हामीलाई सधँै एकैनास हुने गरेको छ ”, उनले आफ्नो पीडा सुनाइन् ।

छोरा बुहारीसहित भरतपुर महानगरपालिका–११ मा बस्दै आउनुभएकी शर्माको एउटा छोरा काठमाडौँमा बस्छिन् । जेठो छोरासँग भरतपुरमा बस्दै आउनुभएकी शर्मा आज त छोरो आउँछ कि भन्ने आशमा बाटोतिर हेर्दै थिइन् ।

लमजुङ घर भएकी कृष्णमाया अधिकारीका आँखा छोरी लिन आउँछे कि भन्दै सडकतिर दौडिरहेका थिए । भरतपुर महानगरपालिका–७ मा उहाँकी छोरी बसोबास गर्नुहुँदोरहेछ । श्रीमान्ले अर्की श्रीमती ल्याएसँगै उहाँ एक्लो हुनुभयो । छोरीको बिहे गरेपछि काम गर्न नसकेर यहाँ आएको बताउने अधिकारी ११ वर्षदेखि यही आश्रममा बस्दै आउनुभएको छ । छोरीमात्रै भएकाले आउँछे कि भन्ने आशमा उहाँ बाटोतिर हेर्दै थिए । चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो अत्यार मेटिने उनले बताइन् ।

सिन्धुलीकी लक्ष्मीमायाँ श्रेष्ठलाई भने छोराले यहाँ छ भन्ने थाहा नपाए हुन्थ्यो भन्ने भइरहेको रहेछ । घरमा सम्मानसाथ बस्ने वातावरण नभएपछि आश्रय खोज्दै यहाँ आई पुग्नुभएकी श्रेष्ठले मलिन अनुहार बनाउँदै यहाँ छु भन्ने थाहा पाए भने यहाँ पनि बस्न दिँदैनन् कि भन्दै थिए । ८५ वर्षीया श्रेष्ठ अहिले आनन्द भए पनि चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने बताइन् ।

पर्वत कार्किनेटाकी जानकी पौडेल आफ्नो सन्तान नभएकाले दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने बताइन्। आफ्नो कोख बाँझै रह्यो उहाँले भन्नुभयो, “मातातीर्थ औँशी मेरा लागि कहिल्यै आउँदैन ।” “सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ हाम्रो त झन कोही छैन”, उनले गुनासो गरिन् । सबैका घरमा रमाइलोका साथ बसेका बाबुआमा देख्दा आफूलाई धिक्करा लाग्ने भन्दै उहाँले चाडपर्व आउनुभन्दा नआएकै वेसजस्तो हुने बताइन् ।

एक सय तीन वर्षीया उमादेवी खनाल काठमाडौँमा काम गर्न नसके पछि यही आश्रममा आश्रित छन् । सात वर्षको उमेरमा विवाह भएको पहिलो वर्षमानै श्रीमान् बितेसँगै उहाँको जीवन बेवारिसे बन्यो । विगत नकोट्याउन आग्रह गर्दै उहाँले यस्ता पर्वमा मन खुशी नहुने बताइन् ।

अहिले देवघाट क्षेत्र विकास समितिको कार्य क्षेत्रभित्र तीन वटा आश्रम रहेका छन् । जहाँ १२० भन्दा बढी वृद्धवृद्धा बस्दै आएका छन् । तीमध्ये ६० प्रतिशत वृद्धा रहेको क्षेत्र विकास समितिले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE