Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एनसेलको नाफा घट्यो, कारण यस्तो छ

काठमाडौं । एनसेलको आम्दानी १ प्रतिशतले घटेको छ। सन् २०१७ को तुलनामा आम्दानी १ प्रतिशतले घटेर ५७ अर्ब ५० करोड कायम भएको यसको मातृकम्पनी अजियटाले जनाएको हो।

सन् २०१७ मा एनसेलले ५८ अर्ब १० करोड आम्दानी गरेको थियो। कम्पनीको करपछिको नाफा १९.३ प्रतिशतले घटेर १५ अर्ब ३० करोड कायम भएको छ। सन् २०१७ मा एनसेलले १९ अर्ब नाफा कमाएको थियो।

कम्पनीका अनुसार सञ्चालन खर्चमा पनि निकै कटौती गरिएको छ। रिचार्ज कार्ड, आईपी ट्रान्जिट, भिस्याट ब्यान्डविथ, सिमकार्डमा यस्तो खर्च कटौती गरिएको हो। सोही कारण ६२ करोड बचत भएको छ।

यसकारण घट्यो नाफा
नाफा घट्नुमा सरकारले टेलिकम सेवाशुल्क ११ बाट १३ प्रतिशत र डाटातर्फ १३ प्रतिशत वृद्धि गर्नुलाई कारण देखाइएको छ। कम्पनीका अनुसार यसले कुल आम्दानीमा प्रभाव देखिएको छ। अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) तर्फको राजस्वमा पनि सन् २०१८ मा ३३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै व्यावसायिक कर दर २५ प्रतिशतबाट ३० प्रतिशत पुर्याइँदा कम्पनीको खुद नाफा घटेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै श्रमसम्बन्धी नयाँ कानुनी व्यवस्थाले गर्दा कर्मचारीको तलब वृद्धि गर्नुपरेकाले पनि खुद नाफा घटेको उसको भनाइ छ। सरकारले न्यूनतम पारिश्रमिक लागू गरेको थियो। एनसेलले यसलाई पनि नाफा घट्नुको एउटा कारण मानेको हो।

एनसेल नेपालमा सन् २००१ मा स्थापना भएको कम्पनी हो। यसको नेपालमा मात्रै १६ करोड ३० लाख ग्राहक रहेका छन्। जुन सन् २०१७ को तुलनामा ०.६ प्रतिशतले घटेको कम्पनीको भनाइ छ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा जीएसएम/ईडीजीई र ३जीप्लस एचएसपीए प्लस सेवा दिँदै आएको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending