Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

तुलसीपुरका १३ विद्यालयका कक्षा स्थगन

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यालय मर्ज गर्ने नीतिअनुसार १३ विद्यालयको कक्षा स्थगन गरेको छ । न्यून विद्यार्थी भएका तुलसीपुरका १३ वटा आधारतभूत विद्यालयको कक्षा स्थगन गरेको हो ।

माथिल्लो कक्षा स्थगन गरिएको भए पनि बाल विकास कक्षा भने चलिरहने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । उनका अनुसार ती विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएमा पुनः कक्षालाई निरन्तरता दिन सकिने बताए । “अहिले कक्षा स्थगन गरिएका विद्यालयमा बालविकास कक्षा भने सञ्चालन हुन्छ”, उनले भने, “यदि विद्यार्थीको सङ्ख्या वृद्धि भए पुनः हामीले कक्षा अपग्रेड गर्दै जानेछौँ ।”

कक्षा स्थगन भएका विद्यालयका विद्यार्थीलाई नजिकैको विद्यालयमा पठाइने उहाँको भनाइ छ । कक्षा स्थगन गरिएका विद्यालयका विद्यार्थीले दुई किलोमिटर मात्रै हिँड्नुपर्ने अवस्था रहेको प्रमुख पाण्डेले बताए। “नजिक–नजिक सामुदायिक विद्यालय छन्, त्यसले गर्दा विद्यार्थीलाई टाढा हिँड्नु पर्दैन”, उनले भने, “अहिले कक्षा स्थगन गरिएका विद्यार्थी दुई किलोमिटरभन्दा टाढा हिँड्नु पर्दैन ।”

उनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरको शिक्षा ऐनमा टेकेर यो कार्यलाई अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिए । उनले सामुदायिक विद्यालयअन्तर्गत आधारभूतमा ७०० भन्दा बढी र माविमा एक हजारभन्दा बढी विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको बताए ।

उहाँका अनुसार स्थगन भएका प्राथमिक विद्यालयहरुमा घोरवण्डा, डाँडाखुट्टी, वनहरी, लामिदमार, फैदामे, मोतीपुर, पीरगाउँ, दलजितपुर, लुहाडवरा, भेलाही, कानकाटे, हेमन्तपुर र बर्लेनी छन् । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको चासो घट्दै जानुका साथै शैक्षिक गुण्स्तर पनि खस्किँदै गएको गुनासोका आधारमा सामुदायिक विद्यालयलाई सुधार गर्न यो अभियान शुरु गरिएको उलले बताए ।

“पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्यामा कमी आइरहेको छ भने सामुदायिक विद्यालयको गुण्स्तर खस्किँदै गएको गुनासो बढेको छ”, उनले भने, “यो समस्यालाई समाधानका लागि विद्यालय मर्जको अभियान अघि सारेका हौँ ।” उनले कक्षा स्थगन भएका विद्यालयमा कार्यरत शिक्षकलाई दरबन्दी मिलान गरेर आवश्यकताअनुसार सरुवा गर्ने समेत उनले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies