Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

बुवालाई चितामा राखेपछि दाजुभाईबीच कुटाकुट, अंश विवादले शोक नै बिर्सिए

झापा । मानिसको मृत्यु भएपछि गाउँ शोकमग्न हुने गर्छ। तर झापाको कमल गाउँपालिका–१ स्थित किस्‍नेघाटमा मलामीबीच कुटाकुट भएको छ। लामो समयसम्मको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुट भएको हो।

मंगलबार बिहान ८५ वर्षको उमेरमा रघुनन्द गौतमको मृत्यु भयो। गौतम काइँला छोरासँग दमकमा बस्‍ने गर्थे। करिब एक वर्षअघि बिरामीले थलिएका गौतम साइँला छोरा नरेन्द्र गौतमसँग कमल गाउँपालिकामा बस्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका साइँला छोरा (नरेन्द्र) ले बुवाको जिउनी अंश बेचेर उपचार गर्ने योजना बनाए। तर बुवाको जिउनी भाइले आफ्नो नाममा पारेको पाइएपछि बुवाको उपचारमा समस्या भयो।

‘बुवाको जिउनी पुनः फिर्ता गर्न भन्दा भाइले अटेर गर्यो, बाबुलाई उपचार गर्दा मलाई ऋण लागेको छ भनेर भाइ पन्छिन खोज्यो’, नरेन्द्रले भने, ‘समाज राख्नेदेखि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिँदा भाइले जिउनी फिर्ता गरेनन् ।’ यो प्रकरणमा गल्ती काइँला छोराको भएको स्थानीय प्रकाश बाँस्कोटाको भनाइ छ।

बिहान ९ः५४ बजे रघुनन्दको निधन भयो। निधनको चार घण्टापछि स्थानीय किस्नेघाटमा अन्तिम संस्कारको लागि लगियो। घाटमै दमक बस्दै आएका काइँला भाइ कुलेन्द्र र उनका साथीहरुले अपशब्द प्रयोग गरेर भतिजलाई हात हालेपछि विवादले उग्ररुप लिएको थियो।

विवादका क्रममा कुलेन्द्र र श्रीमतीले जेठानी दिदीमाथि दुर्व्यवहार र अपपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन्। ‘भाउजुलाई अपशब्द प्रयोग गरेपछि नरेन्द्रले भाइलाई हात हालेका हुन्, आर्यघाटमा युवाहरुको समूह बनाएर आएका रहेछन्’, स्थानीय तुलसीराम दंगालले भने। उनले आजसम्म यस्तो घटना नदेखेको बताए।

‘सम्पत्तिको लोभले बुवाको अन्तिम बिदाइ गरिरहँदा घाटमै दाजुभाइबीच कुटाकुट भयो। कुलेन्द्र त शिक्षक हुन्, उनले विद्यार्थीलाई कस्तो शिक्षा र संस्कार दिन्छन् ? हाम्रो समाज कहाँ जाँदैछ ?’, उनले प्रश्न गरे।

उता आरोप लागेका भाइ कुलेन्द्रले भने सिंगो समाज नै आफूविरुद्ध लागेर गलत सावित गर्न खोजेको बताए। ‘सिङ्गो समाज नै मविरुद्ध लागेको छ। मैले यो समाजको के बिगारिदिएको छु ?’ उनले प्रश्न गरेको समाचार थाहा खबरले छापेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: