हुन त नेपालमा सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाएको छ । र, आफ्नो बलबुतोले भ्याएसम्मका पोर्न साइट बन्द गरेको छ । पोर्न साइट बन्द गर्नुको लक्ष्य चाहि बढ्दो यौन हिंसा नियन्त्रण नै हो । पोर्न साइट र यौन हिंसासँग कस्तो सम्बन्ध छ ? त्यो छुटै बहसको विषय हुनसक्छ । यद्यपी पोर्न साइट हेर्ने क्रममा कमी आयो भन्न सकिने अवस्था छैन ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै अहिलेको युगमा डिजिटल सामाग्री र उत्पादनमाथि प्रतिबन्ध लगाउनु त्यती संभव नहोला । अनेक माध्याम र बाटाबाट यस्ता सामाग्री चुहिने गर्छन्, जसलाई ताल्चा ठोक्न सकिदैन ।
अतः यौनजन्य सामाग्री अहिले धेरैको लागि सहज पहुँचको विषय भएको छ । हातहातमा मोबाइल छ, घर-घरमा इन्टरनेट छ । यति भएपछि यौनजन्य सामाग्री हेर्न कसले छेकबार लगाउने ?
यौनप्रति चासो र रुची हुनु स्वभाविक पनि हो । यौनजन्य गतिविधिमा रमाउनु मानविय प्रवृत्ति पनि हो । यसर्थ यस्ता यौनजन्य जिज्ञासा मेट्ने र यौन तृष्णा मेट्ने माध्याममाथि प्रतिबन्ध लगाउनु त्यती वैज्ञानिक विधी होइन । यस्ता कुरामा अरुले रोकेर वा छेकेर हुँदैन, बरु आफै नियन्त्रित हुनुपर्छ । आफुसँग आफै इमान्दार र अनुशासित हुनुपर्छ । अरुको कर र बलमा होइन, आफ्नै विवेकले यस्ता कुराहरु त्याग्नुपर्छ ।
किनभने यौनजन्य सामाग्री हेर्ने अर्थात पोर्न साइट हेर्ने लत आफैमा राम्रो होइन । यसले प्रत्यक्ष केही असर पुर्याउँछ । जस्तो, हाम्रो समय नष्ट गर्छ । मनमा यौन विकार पैदा हुन्छ । पारिवारिक जीवन प्रभावित बनाइदिन्छ । यौनजन्य सामाग्री खोज्ने र हेर्ने लत लाग्छ ।
अझ पढ्दै गरेका, करियर बनाउँदै गरेका किशोरपुस्ताको जीवनशैली नै यसले प्रभावित बनाइदिन सक्छ । कतिपय नराम्रो कार्य गर्न समेत उक्साउने भय रहन्छ ।
पोर्न साइटको साइड इफेक्ट
पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानीले दिगममा समेत असर गर्ने बताइन्छ । मेडिकल डेली रिपोर्टका अनुसार पोर्न साइट हेर्ने बानी भएपछि मान्छेको मतिष्क धेरैजसो समय यौनजन्य कुराले ओगट्न थाल्छ । एक रिसर्च अनुसार यस किसिमको फिल्म हेर्न थालेपछि डोपामाइन हर्मोन निर्माण तिब्र हुन्छ, जसले कामेच्छा -सेक्स ड्राइभ बढाउँछ । यो हर्मोन न्यूरो ट्रान्समिटरको रुपमा काम गर्छ ।
अहिले किशोरपुस्ता यौन सामाग्रीमा बढी रुची राख्छन् । उनीहरुका लागि यसको पहुँच पनि सहज छ । एक रिसर्च अनुसार करिब ७० प्रतिशत किशोर यौनजन्य सामाग्री हेरिरहेका हुन्छन् । उनीहरुमा यौनजन्य सामाग्री हेर्ने उत्सुकताले मस्तिष्कको विकासमा असर पुग्छ ।
साथसाथै यसले अनिद्रा, बेचैनी जस्ता समस्या पनि निम्त्याउने गर्छ ।
एक्लोपन
पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानी भएपछि त्यसको सबैभन्दा खराब प्रभाव उनको आनीबानीमा पर्छ । जस्तो कि, यस किसिमको लत भएकाहरु एकान्तमा बस्न रुचाउँछन् । साथीमाझ घुलमिल हुने, रमाइलो गर्ने गर्दैनन् ।
एक्लै बस्ने, एकान्त खोज्ने गर्छन् । जब उनीहरुलाई यस्तो अनुकुलता मिल्छ, तब यौनकै बारेमा सोच्न थाल्छन् । यसबाट के हुन्छ भने उनीहरु पारिवारिक र सामाजिक जीवनबाट टाढा हुन्छन् /अनलाइनखबर
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: