काठमाडौं । नेपाली हिन्दुहरूको महान् चाड बडा दशैँ नजिकिँदै गर्दा घरघरमा खसीको मासु पाक्ने तयारी सुरु भएको छ। दशैँका बेला खसीको मासु खाने चलन प्रायः सबै परिवारमा रहिआएको छ। पाक्ने सामान्य शैली त प्रायः सबैलाई थाहा छ, तर केही सामग्री र विधि थप्दा मासु अझ स्वादिलो बन्ने पाककलाविद्हरूको सुझाव छ।
आवश्यक सामग्री
खसीको मासु, टमाटर, लसुन, अदुवा, धनियाँ, सुकेको खुर्सानी, जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल, खुर्सानीको धुलो, तेजपत्ता, सुकमेललगायतका मसला।
पकाउने विधि
सुरुमा जीरा र धनियाँ पिसेर लसुन–अदुवा मिसाउनुपर्छ। त्यसलाई मासुमा राखेर राम्ररी मोल्ने, त्यसपछि नुन, बेसार र तेल थपेर केहीबेर छोपेर राख्ने।
अर्कोतर्फ, भाँडामा तेल तताएर प्याज फुराउने, प्याज खैरो भएपछि टमाटर राखेर केही समय छोपेर पकाउने र त्यसलाई पेस्ट बनाउनुपर्ने हुन्छ।
त्यसपछि अर्को भाँडोमा तेल तताएर तेजपत्ता, सुकमेलजस्ता मसला फ्राई गर्ने र मोलिएको मासु राखेर पकाउने। त्यसमाथि तयार गरिएको प्याज–टमाटरको पेस्ट र गरम मसला राखी राम्ररी चलाएर छोपेर पकाउनुपर्छ।
यसरी तयार भएको मासु दशैँको भान्सामा स्वादिलो मुख्य परिकारका रूपमा सजिलै प्रस्तुत गर्न सकिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: