Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका छन् ।

नेकपा नेताहरुका सचिवालय स्रोतका अनुसार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ककमल दाहाल ‘प्रचण्ड’, अर्का वरिष्ठ नेता माधव कुमार नेपालले एकताका लागी ३ फरकफरक मापदण्ड प्रस्ताव गरेको हुन् ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्लामा एकै मापदण्ड लागु गर्नु नहुने र फरकफरक मापदण्डका आधारमा नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका छन् भने वरिष्ठ नेता नेपालले भने वरिष्ठताकोे आधारमा जिल्ला नेतृत्व चयन गनुपर्ने अडानमा छन् । नेपालले यसअघि सरकार र जनप्रतिनिधिले दोहोरो जिम्मेवारीमा रहेकाहरुलाई पार्टीमा कार्यकारी जिम्मेवारी नहुने मापदण्ड कार्यान्वयन गर्नुपर्ने अडानमा छन् ।

यो पनि पढ्नुहोस्–
सकारात्मक दिशामा नेकपाको एकता प्रक्रिया : ओली नेपाललाई मिलाउँदै प्रचण्ड
नेकपा एकता घोषणा बैशाख ९ गते, यस्तो छ तयारी

उता ओली र नेपालबिच मध्यस्थता गरिरहेका अध्यक्ष प्रचण्डले भने बिचको बाटो निकालेका छन् । उनले यसअघि बनेको दोहोरो जिम्मेवारीको मापदण्डमा पुर्नबिचार गरी जिल्लाहरुमा नेतृत्व दिन सकिने गरी नयाँ मापदण्ड बनाउने र नेपालले भनेजस्तै वरिष्ठताको आधारमा जिल्ला नेतृत्व चयन गर्न सकिने प्रस्तावमा मध्यस्थता गरिरहेका छन् । ओली, नेपाल दुवै आआफ्ना प्रस्तावमा लचिलो देखिएका कारण प्रचण्डले भनेजस्तै गरी एकता टुंगिने सम्भावना रहेको बताइन्छ । जसका लागी ओली, प्रचण्ड र नेपाल विहिबार विहान ९ बजे पुन बस्दैछन् ।

मापदण्डमा किन भयो विवाद ?
पार्टी एकता लगत्तै बसेको सचिवालयको बैठकबाट राजकिय जिम्मेवारीमा रहेका र जनप्रतिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने गरी एकता कार्यविधि पारित भएको थियो ।
तर त्यसपछि बसेको बैठकले जनप्रतिनिधि र सरकारमा मन्त्रि तथा मुख्यमन्त्री रहेकाहरुलाई समेत पार्टीमा कार्यकारी जिम्मेवारी दिइएपछि नेपालले यसप्रति आपत्ति जनाउँदै आएका छन् ।

खासगरी यसरि दोहोरो जिम्मेवारी पाउनेमा ओली पक्षका नेताहरु शंखर पोखरेल, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरु छन् । यसैगरी नेपाल पक्षले जिल्ला नेतृत्व टुंग्याउँदा वरिष्ठताका आधारमा टुङ्ग्याउँन भनेको छ । नेपाल पक्षका एक नेताका अनुसार वरिष्ठता भन्नाले आआफ्ना पार्टीबाट पूर्व निर्बाचित अध्यक्ष, नभए उपाध्यक्ष, नभए सचिव गरी नेतृत्व चयन गर्नुपर्छ । तर ओली पक्ष यो प्रस्ताव मान्न तयार छैन । किनभने यसअघि पूर्व एमालेबाट निर्बाचित जिल्ला अध्यक्षहरुको बहुमत संख्या नेपाल पक्षका छन् । यसरी एकता गर्दा ओली पक्ष पार्टीमा हावी हुन सक्दैन ।

सोही कारण अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डसँग एकता दुई अध्यक्षको तजविजिमा टुङ्ग्याउन भनेका थिए । तर प्रचण्डले नेपाललाई पनि सहमतीमा लिएर जानुपर्ने बताएपछि एकतामा गाँठो परेको थियो । नेपाललाई सहमती लिनका लागी ओलीले कैंयन जिल्लाको नेतृत्व नेपाल पक्षलाई दिनुपर्ने हुनसक्छ । यसो गर्दा आफु कमजोर हुने भय ओलीलाई छ भने ओलीबाट पेलिने भयले नेपाल पक्षलाई समेत तर्साएको छ ।

तर प्रचण्डले दुवै नेताहरुमा देखिएको भयलाई हटाउनेगरी मध्यस्थताको काम गरिरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending