Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कामपा का विभिन्न ठाउँमा १४ कार्यालयकाे शिलान्यास

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विगत वर्षमा योजना बनाइएकाले आगामी आर्थिक वर्षदेखि नागरिकको चाहनालाई विकासको कार्यसूची बनाएर अघि बढ्ने बताएका छन् । कामपा वडा नम्बर १४ को वडा कार्यालय भवन शिलान्यास गर्दै उनले चुनावका समयमा जनतासामु गरिएको विकासको योजनाले अब विस्तारै निकास पाउने जिकिर गरे ।

बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको करीब आठ आना जग्गामा भवन निर्माण गर्न पिआर बाबुरत्न जेभीले रु चार करोड ३४ लाख ३३ हजार ६९२ मा जिम्मा पाएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी आजैदेखि निर्माण शुरु गरिएको छ । भवनको भुइँ तलामा ३० मोटरसाइकल अट्ने ठाउँ हुनेछ । साढे चार तलामा बन्ने भवनको कूल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ वर्गफिट रहनेछ । आधुनिक निर्माण सामग्री प्रयोग गरिए पनि परम्परागत रुपमा भवन निर्माण हुने बताइएको छ । निर्माण सम्पन्न भइसकेपछि वडा क्लिनिक पनि यहीँबाट सञ्चालन गरिने वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् ।

हाल जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बस्नुपर्ने अवस्था छ । नागरिकलाई एकछिन आराम गराउन पनि नसकिएको बताउँदै वडाध्यक्ष सापकोटाले अब निर्माण हुने भवन सुविधासम्पन्न हुने बताइन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले काठमाडाँैको विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एउटै मञ्चमा बसेर नागरिकसँग योजना माग गर्नुपर्ने बताए ।

बत्तीस वडा रहेको कामपाले पछिल्लो समय वडा कार्यालय भवन निर्माण गर्न लागिरहेको छ । वडा १४ सँगै वडा ४, ७, ९ र २६ मा पनि भवन निर्माणको काम भइरहेको छ । भूकम्पअघि पनि केही भवन भाडामा लिएर काम गरिरहेको कामपाले भूकम्पपछि २० भन्दा बढी वडा कार्यालय भाडामा नै लिएर नागरिकको सेवा गरिरहेको छ । कामपा केन्द्रीय कार्यालय भने भवन निर्माण गर्ने विषयमा अन्योलमा परेको छ । तेह्र विभाग रहेको कामपाले विभिन्न सात स्थानबाट नागरिकलाई सेवा दिइरहेको छ । यसरी फरक फरक स्थानबाट सेवा प्रवाह हुँदा नागरिक मर्कामा पर्नाका साथै काममा प्रभावकारिता देखिएको छैन । केन्द्रीय कार्यालय निर्माण गर्ने भनिएको भूकम्पअघि कार्यालय रहेको हरिहर भवनमा तत्काल अर्को भवन निर्माण गर्न नपाइने भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE