आपसी मैत्रीभाव र महिला सशक्तीकरणको सन्देश दिन नेपाल, भारत र चीनका तीन महिला आरोहीले सगरमाथा आरोहणको संयुक्त अभियान थालेका छन्।
उनीहरूले मङ्गलवार सगरमाथा आधारशिविरतर्फ आफ्नो यात्रा थालेका छन्।
रामेछापबाट लुक्ला गएका उनीहरू त्यहाँबाट सगरमाथाको आधारशिविर जाने टोली नेता एवं कीर्तिमानी पर्वतारोही पेम्बादोर्जे शेर्पाले बताए।
पेम्बादोर्जे सन् २००४ मा आठ घन्टा १० मिनेटमा आधारशिविरबाट सगरमाथा शिखरमा पुगेर सबैभन्दा छिटो सगरमाथा चढेको कीर्तिमान बनाउन सफल भएका थिए।
उनको नेतृत्वको टोलीले नै तीन देशका महिला आरोहीलाई यसपालि सगरमाथा शिखरमा पुर्याउने जिम्मेवारी पाएको छ।
नेपाल, भारत र चीनका महिला आरोही सम्मिलित टोलीमा नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दाश र चीनकी लियामुमा रहेका छन्।
तीनै आरोहीसँग यसअघि विश्वका विभिन्न महादेशका पर्वतहरू चढेको अनुभव छ।
कान्छीमाया तामाङ के भन्छिन्रु
सिन्धुपाल्चोकको भोताङमा जन्मिएकी कान्छीमाया ३१ वर्षकी भइन्। उनले यसअघि सन् २०१७ र सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
उनले भनिन्, महिला र पुरुष मिलेर सबै काम गर्न सम्भव हुन्छ। पुरुष र महिलामा केही पनि फरक छैन। हामी समान छौँ। यस्तो सन्देश फैलाउनका लागि हामी तीन देशका महिला सँगसँगै सगरमाथा जाने अवसर जुटेकोमा म एकदमै उत्साहित छु । बच्न सफल महिलाकी प्रतिनिधिको रूपमा सगरमाथा शिखर पुगेकी थिइन्।
कल्पना दाशको उत्साहभारतको उडिसा राज्यको भुवनेश्वरमा बसोबास गर्ने कल्पना दाश ५२ वर्षमा हिँड्दैछिन्।
उनले यसअघि पनि सगरमाथासहित विश्वका विभिन्न महादेशका उच्च शिखरहरूको आरोहण गरिसकेकी छन्।
उनी भारतीय महिलाको पोसाक सारी लगाएरै अस्ट्रेलिया महादेशको सबैभन्दा अग्लो शिखर कोशिउज्को चढेकी थिइन्।
उनले बीबीसी नेपाली सेवासँग भनिन्,ूम अहिले एकदमै उत्साहित छु। म नेपाल र चीनका महिलाहरूसँगै सगरमाथा आरोहण गर्ने अवसर पाउँदा निकै खुसी छु।
चीनकी पर्वतप्रेमी लियामुचीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्दै आएकी लियामु मा ५० अहिले वर्षकी भइन्। उनी पनि निकै अनुभवी पर्वतारोही हुन्।
उनले यसअघि सगरमाथा, मनास्लु जस्ता उच्च शिखरमा पाइला राखिसकेकी छन्। लियामु मुस्लिमबहुल पश्चिम चीनकी निकै ख्यातिप्राप्त पर्वतारोही हुन्।
यसपालि उनीसँगै अन्य दुई चिनियाँ महिला पनि सगरमाथा आरोहण दलमा सहभागी हुँदैछन्।
नेपाल, भारत र चीनका तीन महिला आरोहीको त्रिदेशीय टोलीलाई नेपाल भ्रमण वर्ष २०२० अभियानले पनि सहयोग गरेको छ।
त्यो टोलीलाई प्रधानमन्त्रीको हस्ताक्षर अङ्कित भ्रमण वर्षको झन्डा दिइएको छ, जसलाई उनीहरूले सफल आरोहण गरेमा शिखरमा फहराउने छन्। /बीबीसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: