काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेकपा एकताको प्रक्रिया सकारात्मक दिशामा पुगेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको गृहकार्यलाई अन्तिम चरणमा पुर्याएका हुन्।
गत बिहीबार राती चन्द्रागिरी हिल्स रिसोर्टमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलसहित आवासीय बैठक गरेका अध्यक्षद्वय ओली र दाहालले पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र सबै तहको एकताको टुंगो लगाउने गरी गृहकार्य तीव्र पारेका हुन्।
पार्टी सचिवालयका अधिकांश नेतासँग छुट्टाछुट्टै छलफल गरेका अध्यक्षद्वयले दुई दिनदेखि वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर एकताको गृहकार्य गरिरहेका छन् ।
‘अध्यक्षद्वयले बरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको छ, अब ढिला नगरी एकताको निर्णय लिनुपर्नेमा सबै नेताहरु सहमत हुनुहुन्छ, अब एकता प्रक्रिया लम्बिँदैन’ भेटबारे बालुवाटारस्रोतले बतायो ।
पुर्व दूई पार्टी माओवादी र एमालेबिचमा नेतृत्वको भागबण्डा करिब सकिएको छ । जिल्ला पार्टीस्तरमा कोकसलाई नेतृत्वलाई छनौट गर्ने भन्ने जिम्मा पूर्व पार्टी र नेताहरुलाई नै रहेपनि कुन जिल्ला कुन पार्टीको भागमा भन्ने कुरा भने टुगिंएको बताइएको छ ।
यसैगरी युवा, विद्यार्थी, मजदुर र महिला गरी ४ वटा जनवर्गिय संगठनको बारेमा निर्णय हुन बाँकी रहेको भएपनि अन्य जनवर्गिय संगठनको नेतृत्व कसले गर्ने भन्ने विषयमा ओली प्रचण्डबिच सहमति भईसकेको छ ।
तर पूर्व एमालेले पाउने कोटाबाट माधव नेपाल पक्षलाई पत्तासाफ बनाउन खोजिएको भन्दै नेपाल पक्षले असमहति राख्दै आईरहेको कारण एकता प्रक्रिया लम्बिएको थियो ।
चन्द्रागिरि बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीलाई नेपाललाई पनि सँगै लिएर जान सहमत गराएका थिए । सोही अनुसार अहिले नेपाल सहति बसेर होमवर्क भईरहेको नेताहरुले बताएका छन् ।
नेताहरु कम्युनिष्ट पार्टी स्थापना दिवशको दिन अर्थात बैशाख ९ गते एकता टुग्यांउने गरी लागिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: