Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

निर्वाचन लक्षित सुरक्षाका लागि महोत्तरीमा सेना परिचालन

खबरडबली संवाददाता

जलेश्वर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी बुधबारदेखि महोत्तरीमा सेना परिचालन गरिएको छ ।

नेपाली सेनाको गोरखनाथ गण परिकौलिबाट महोत्तरीको चार वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै वेश स्थापना गरी बुधबारदेखि निर्वाचन लक्षित सुरक्षाका लागि सेना परिचालन गरिएको हो ।

महोत्तरीको निर्वाचन क्षेत्र नंं १ को बर्दिवास, क्षेत्र नं। २ को बलबा, क्षेत्र ३ को जलेश्वर र क्षेत्र नं। ४ को रामगोपालपुरमा बेस स्थापना गरी सेना परिचालन गरिएको गोरखनाथ गण परिकौलिका गणपति रामप्रसाद लामिछानेले बताएको छन्। 

“नेपाल प्रहरी र सशस्त्र प्रहरीसगको समन्वयमा बुधबार बिहानैदेखि निर्वाचन लक्षित सुरक्षाका लागि सेना सहितको संयुक्त गस्ती सुरु गरिएको हो ।” गणपत्रि लामिछानेले भने, “अहिले सेनाका जवानले महोत्तरीको सुरक्षा समितिले तोकेको संवेदनशील मतदान स्थलहरूको निरीक्षण अनुगमन सुरु गरेको हो ।”

निरीक्षण अनगुमनको क्रममा मतदान स्थलहरूमा हुने सुरक्षाको थ्रेटको वास्तिविक अवस्था र सुरक्षाको मजबुत प्रबन्ध मिलाएर शान्तिपूर्ण र भयरहित वातवरणमा चुनाव सम्पन्न गराउने योजना सहित खटिएको उनले बताए।   

अहिले चार वटा निर्वाचन क्षेत्रको चार वटा स्थानमा बेस स्थापना गरी सेना परिचालन गरिएको छ र यसलाई विस्तारै जिल्लाका सबै मतदान स्थलसम्म नै पुर्‍याइने छ । 

जिल्ला निर्वाचन कार्यालय महोत्तरीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी  कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ ।

चार निर्वाचन क्षेत्रमा २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको छ । महोत्तरीको १६३ मतदान स्थललाई अति संवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ ।

महोत्तरीको क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेको र सोका लागि ५९ मतदान स्थल र १२० मतदान केन्द्र व्यवस्था गरिएको छ । क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेको र सोका लागि ६२ मतदान स्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी कुल एक लाख १० जार ४३६ मतदाता रहेको र सोका लागि ७७ मतदान स्थल र १४२ मतदान केन्द्र राखिएको छ । क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख ७ हजार ६०६ मतदाता रहेकोमा ६० मतदान स्थल १३१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रंजिता झाले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending