Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कतै तपाईंका यी १० गलत बानीले दिमाग कमजोर बनाइरहेको त छैन ?

काठमाडौँ । उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।

मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने कतिपय बानीव्यवहारले मानिसको मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ । जसको कारण छिट्टै विर्सने, पढेको कुरा याद नआउनुका साथै दैनिकमा कामकाजमा समेत झमेला ब्यहोर्नु परिरहेको हुन्छ ।

यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा दिमागमा खतरनाक समस्या पैदा हुने विभिन्न अनुसन्धानमा देखाइएको छ ।

मानिसका केही यस्ता बानी छन् जसले उनीहरुको दिमागमा प्रत्यक्ष असर पारिरहेका छन्ः

खानपानमा लापरवाही
व्यस्तताका कारण कतिपय मानिसहरु खाना समयमा नखाने, अस्वस्थ खाना खाने गरिरहेका हुन्छन् । जसले शरीर मात्र होइन दिमाग पनि कमजोर बनाउँछ । बिहान खाने विहानदेखि लिएर रातिको खानासम्म स्वस्थ खान जरुरी हुन्छ । विहान खाली पेट बस्दा तपाईंको दिमागले काम गर्न सक्दैन र त्यसपछि धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुन्छ । जसले गर्दा तपाईं दिनभरी राम्रोसँग काम गर्न सक्नुहुन्न ।

धुमपान
धुमपान स्वास्थको लागि हानिकारक छ । यसले जीवनलाई छोट्याउने मात्र होइन दिमागलाई पनि कमजोर बनाउँछ । म्याकगिल युनिभर्सिटीले गरेको एक अध्ययनका अनुसार धुमपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ जसको कारण स्मरण शक्तिमा कमी आउँछ ।

गलत बानी
आजभोलि मानिसहरुको जीवनशैली अन्तर्गत राति अबेरसम्म नसुत्ने, व्यायाम नगर्ने जस्ता बानीहरु पर्छन् । राति अबेरसम्म ल्यापटप, मोबाइल वा कम्प्युटरको अगाडि बस्नाले दिमागमा सीधा असर पर्छ ।

पानी कम पिउँदा
तिर्खाएको मानिसले भन्दा पानी पिउने मानिसको दिमाग १४ प्रतिशत तेज हुन्छ । यदि तपाईँ लामो दुरिको यात्रा, कुनै परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने साथमा पानी बोक्ने बानी बसाल्नुहोस् जसले तपाईंको दिमागलाई ताजा बनाइराख्छ र कुनै पनि महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

अल्छी
अल्छी मानिसहरुको दिमाग कम रचनात्मक र कमजोर हुन्छ । किनकी उनीहरु दिमागको प्रयोग नै धेरै गर्दैनन् । तपाईं जति धेरै दिमागी काम गर्नुहुन्छ त्यति नै दिमाग रचनात्मक र सिर्जनशील बन्छ । साथै हरेक दिन कसरत गर्दा पनि दिमागलाई शक्ति मिल्छ र राम्रोसँग काम गर्न सक्छ ।

तनाव
तनावले पूरै शरीरको शत्रु हो । त्यसैले तनावबाट मुक्त हुन जरुरी छ । तनावले दिमागमा नराम्रो असर गर्छ । जब तनाव हुन्छ तब हाम्रो मृगौलाले तनाव ग्रन्थीको उत्पादन गर्छ । धेरै तनाव ग्रन्थीको उत्पादन हुँदा दिमागमा प्रत्यक्ष असर पर्छ ।

ईयरफोन
तपाईंले देख्नुभएको होला प्रायः मानिसहरु आजभोलि कानमा ईयरफोन र हेडसेट लगाएर गीत सुनिरहको हुन्छन् । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्दा कानसँगसँगै ब्रेन टिशुजको पनि नोक्सान पुर्याउँछ । लगातार यसो गर्दा अल्जाइमरको समस्या हुन्छ ।

निन्द्रा
एकजना स्वस्थ्य व्यक्तिलाई हरेक दिन ७ देखि ८ घण्टा सम्म सुत्न जरुरी हुन्छ । यसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि निन्द्रा पुगेन भने दिमागले भोलिपल्ट राम्रोसँग काम गर्न सक्दैन । जसले गर्दा दिमागले काम गर्ने क्षमतामा ह्रास आउँदै जान्छ ।

एक्लोपन
केहि मानिसहर भिडभाडभन्दा एकान्तमा बस्न रुचाउँछन् । लामो समयसम्म एक्लै बस्दा दिमागमा असर गर्ने अनुसन्धानमा उल्लेख भएको पाइन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE