बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बझाङका सेक्रेटरी भरत मल्ललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शुक्रबार बझाङको बित्थडबाट पक्राउ गरेको हो ।
बुवाको उपचार गरी घर फर्केका मल्ललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्याए पनि प्रहरीले औपचारिक कुनै प्रतिक्रिया नदिएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । पुराना कम्युनिस्ट नेता तथा भरतका बुबा धनबहादुर मल्ल दुबै मृगौला फेल भएर बिरामी छन् । मल्लको रिहाइको पहल गरिदिन हुन बुबा धनबहादुरले आग्रह गरेका छन् । नेकपा सेती ब्यूरोले पनि मल्लको गिरफ्तारी प्रति आपत्ति जनाउँदै रिहाइको माग गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी नायव निरिक्षक मिन बहादुर सिंहले उनीबारे अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया लेख्नुहोस्: