खार्तुम । सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ ।
प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरुले सेनाका उच्च अधिकारी सम्मिलित सङ्क्रमणकालीन सैनिक परिषदलाई पनि अस्वीकार गरेका छन् । उनीहरुले पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन् ।
तीन दशकदेखि बसिर नेतृत्वको सैनिक सरकारको बन्धकमा मुलुक रहेको भन्दै प्रदर्शनकारीहरुले लोकतान्त्रिक सरकार गठन नहुँदासम्म प्रदर्शनमा सहभागी हुन आमजनतालाई आह्वान गरेका छन् । गरिबीको चपेटामा परेको सुडानमा चरम भोकमरि र जनजीवन अस्तव्यस्त छ ।
शुक्रबारको प्रदर्शनका क्रममा राजधानी खार्तुमका अधिकांश पसल र कार्यालयहरु बन्द रहेका थिए । खार्तुमसँगै सुडानको अर्को ठूलो शहर ओम्डुरमानमा पनि प्रदर्शन भइरहेका छन् ।
संयुक्तराज्य अमेरिकाले सैनिक परिषदलाई धैर्य अपनाउन र नयाँ सरकार गठन हुँदा नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।
युरोपेली युनियनले पनि सैनिक नेतृत्व समक्ष शासनसत्ता जतिसक्दो चाँडो नागरिकलाई हस्तान्तरण गर्न आह्वान गरेको छ ।
सुडानका अन्तिम निर्वाचित प्रधानमन्त्री सदिक अल–माहदीले प्रदर्शनकारीलाई सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ । माहदीलाई सन् १९८९ मा बसिरले सैनिक बलबाट सत्ताच्यूत गर्नुभएको थियो ।
निर्वासनबाट खार्तुम फर्किएपछि माहदीले आफ्नो उम्मा पार्टीसँग अरु साना दल र समूहलाई मिलाएर गठबन्धन तयार गर्नुभएको थियो । सुडानका चिकित्सक, शिक्षक र इन्जिनियरहरुको ठूलो पेशागत सञ्जालले पनि शुक्रबारको प्रदर्शनमा सहभागी हुन आमजनता र पेशाकर्मी समक्ष आग्रह गरेका छन् ।
सैनिक परिषदले सैनिक मुख्यालय बाहिर रहेका प्रदर्शनकारीलाई रातिको अवज्ञा ९कफ्र्यु० आदेश पालना गर्न आग्रह गरेको थियो, तर प्रदर्शनकारीले सेनाको अनुरोधलाई अस्वीकार गरेर रातभर प्रदर्शनमा सहभागी भएका छन् ।
एक जना प्रदर्शनकारीले आफूहरु ६ दिनदेखि यहाँ धर्नामा बसेको र नागरिक सरकार गठन नहुँदासम्म धर्नास्थल नछाड्ने बताए ।
प्रदर्शनकारीहरु र सैनिकहरुबीच प्रदर्शनस्थल वरपर सौहाद्र वातावरण देखिएको थियो । प्रदर्शनकारीहरुले आफ्नो लडाइँ सैनिक नेतृत्वसँग रहेको, तल्लो तहका सेनासँग कुनै बैमनश्य नरहेको बताइरहेका थिए ।
सैनिक परिषदले गरेको पछिल्लो पत्रकार सम्मेलनमा सेनाले सुडानमा थप अस्थिरता र अराजकता हुन नदिन सेना उच्च सतर्क रहेको जनाएको छ । पत्रकार सम्मेलनमा दुई वर्षभित्र सुडानमा आमनिर्वाचन गर्ने र नागरिक सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सेनाले मुलुकका सबै राजनीतिक पक्षसँग वार्ता गर्ने जनाएको छ । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: