काठमाडौँ । काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् ।
प्राचीन वस्तुलाई जीवन्त बनाऔँ (लेट अस मेक एन्टिक अलाइभ) भन्ने नाराका साथ स्थानीय युवाले मुद्रा चिनाउने कार्यमा सहयोग गरिरहेका छन् । करीब ५० देशका ९० भन्दा बढी मुद्राको प्रदर्शनी चुनिखेल नौलिन माध्यमिक विद्यालयबाट शुरु गरिएको छ । अभियन्ता युवाले पुराना नेपाली तथा विभिन्न देशका मुद्रा ठूलो फ्रेममा राखी प्रदर्शनी अभियान शुरु गरेका छन् । उनीहरुले बूढानीलकण्ठका विभिन्न विद्यालयमा प्रदर्शनी गरिसकेका छन् ।
त्यसैको निरन्तरता स्वरूप आज बिहान बूढानीलकण्ठ–१३ स्थित पिक पोइन्ट एकेडेमी नेटवर्कबाट सञ्चालित नवपुर चिल्ड्रेन होम स्कूलमा प्रदर्शनी गरेका थिए । अभियन्ता सरोजले आफ्नो मामा डा ईश्वर नगरकोटीबाट प्रेरित भएर सङ्कलन गरेका मुद्रा प्रदर्शनीमा राख्ने गरेको बताउनुभयो ।
नेपालमा पहिलोपटक प्रचलनमा आएको कागजी मुद्रादेखि हालसम्मको कागजी नोटसम्म प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी भारत, पाकिस्तान, केन्या र सियरालियोनलगायतका कागजी मुद्रासमेत रहेका छन् । सो प्रदर्शनीमा विद्यार्थी र अभिभावकले सो मुद्राको अवलोकन गर्नुका साथै विभिन्न देशका मुद्राको विषयमा अभियन्ताबाट जानकारी प्राप्त गरेका थिए ।
प्रदर्शनीमा स्कूलका विद्यार्थीलाई सरोजले कागजी मुद्राको इतिहास, मुद्राको विकास र मुद्राको स्वरूपका बारेमा जानकारी गराएका थिए । विसं २००२ सालबाट प्रचलनमा आएका नेपाली रुपैयाँदेखि हालसम्म प्रचलनमा रहेका नेपाली तथा विदेशी रुपैयाँलाई विद्यालयमा नै देख्न पाउँदा विद्यार्थी र साथमा आएका अभिभावक उत्साहित बनेका थिए ।
प्रदर्शनीमा पुराना नेपाली तथा विदेशी नोट नयाँ पुस्तालाई देखाउन र त्यस्ता पुराना पैसाको संरक्षण गर्नपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी अवलोकन गर्न पाएकोमा अभिभावकले खुशी व्यक्त गर्दै कामको प्रशंसासमेत गरेका थिए । प्रचलनमा रहेको नोट देखे पनि नेपालका पुराना र विदेशी नोट नदेखेका विद्यार्थीको लागि सो प्रदर्शनीले नोटका बारेमा ज्ञान दिएको नवपुर चिल्ड्रेन होमका प्रिन्सिपल ईश्वर केसीले बताए ।
विद्यार्थीलाई नेपाली र विदेशी नोटका बारेमा जानकारी गराउने, नोटको हिफाजत गर्न र सङ्कलन गर्न प्रेरित गर्दै, इतिहासका बारेमा जानकारी दिने, कला–संस्कृति चिनाउने उद्देश्यसहित उक्त प्रदर्शनी गरिएको अभियन्ता सरोजले बताए । सङ्ग्रह गरेका महत्वपूर्ण मुद्रा अन्य विद्यायलयमा पनि प्रदर्शन गर्ने योजना रहेको उनले जानकारी दिए ।
नेपाली र विदेशी मुद्रा प्रदर्शनीबाट सङ्कलन भएको रकम आर्थिक अवस्था र शैक्षिक गुणस्तर कमजोर भएका सरकारी विद्यालय तथा सामाजिक कार्यमा खर्च गर्ने अभियन्ताद्वयले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: